काङ्ग्रेस बागमती प्रदेशमा २ हजार ८३ मत खस्यो

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ८३ मत खसेको छ।प्रदेश अधिवेशनका लागि कुल २ हजार १ सय ५० मतदाता रहेकामा २ हजार ८३ मत खसेको हो। ६७ जना अनुपस्थित भएको जनाइएको छ।केही बेरमा नै मतगणना सुरु हुने जनाइएको छ। कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर्फ ३ जना र खुलातर्फ ७ जनाको उम्मेदवारी परेको छ। 

सम्बन्धित सामग्री

बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च, हालसम्म पाँच सय २० जना संक्रमित

बागमती प्रदेशमा यस वर्ष पनि डेंगु संक्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरमा डेंगु संक्रमित...

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

काठमाडौँ,२६ असोज । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ […]

बागमती प्रदेशमा डेंगी सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

काठमाडाैँ- बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेंगी रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ। बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित […]

बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी भएको छ । बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको दुई वटा अध्यादेश जारी गर्नुभएको हो । बुधबार जारी भएको दुई अध्यादेशमध्ये एउटा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था […]

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

बागमती प्रदेशमा सरकार फेर्ने तयारी, अरु प्रदेशमा के होला ?

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनबीच सरकार परिवर्तनको कसरत तीव्र भइरहेको समयमा सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।सत्तारुढ गठबन्धन घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कसरत गरेपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे आफ्ना पार्टीका शीर्ष नेतासँग परामर्श गर्न काठमाडौं आएका थिए । परामर्शपछि उनले काठमाडौंमै संसदीय दलको बैठक आह्वान गरेका हुन् ।सरकारको नेतृत्व गर्नुअघि नै बागमती प्रदेशमा नेप

बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत

हेटौँडा । बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत गरिएका छन् । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि अधिकृत(दसौँ) सम्मका कर्मचारीलाई सम्मान गरेको प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाले जनाएका छन् ।

बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले ‘मार्ग प्रशस्त’ गर्ने बताएकी थिइन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेश सभा बैठकलाई जानकारी दिइन् । भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यको बागमती प्रदेश सरकारको नेतृत्वमा ७१ दिनको कार्यकाल रह्यो । शाक्य पहिलो महिला मुख्यमन्त्री बन्ने बाहेक बागमती प्रदेशमा ...

बागमती प्रदेशमा सवारी दुर्घटना बढ्यो, मृत्युदर घट्यो

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घट

बागमती प्रदेशमा जवरजस्ती करणीको घटनामा वृद्धि

मकवानपुर । बागमती प्रदेशमा जवरजस्ती करणीका घटनाहरु वृद्धि भएको छ । विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशका १० जिल्लामा बलात्कारका घटनाहरु बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणीका ३ सय ७ वटा घटनाहरु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशको काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य १० जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका २ सय २८ वटा घटना भएका थिए