दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको हो।...
असोज ५, काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतवारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ ।
कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतवारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना संक्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनु पर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।
कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।
यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएको छ । कोरोना संक्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् ।
हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) ले जानकारी दिएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप संक्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ संक्रमित थपिएका छन् ।
सोमवार १४, आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएको केन्द्रले जानकारी दिएको छ । जिल्लामा हाल १२१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच संक्रमित रहेका छन् ।
जिल्लामा हालसम्म १४ हजार ४९६ मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ संक्रमणमुक्त भइसकेका छन् । रासस
शिवसताक्षी नगरका केही मानव बस्तीमा घरैपिच्छे संक्रमण छ। एक साता अघिमात्र ३३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको थियो। यो भनेको कुल परिक्षणको संक्रमण दर ५१ प्रतिशत माथि हो।
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ।
जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा…
कोरोनाको संक्रमण दर बढेपछि मुलकभरका विभिन्न स्थान विशेषमा लकडाउन, सिल र निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको भयाभह स्थिति रोक्न केही स्थानीयस्तर र केही जिल्ला तहमा निषेधाज्ञा जारी तथा सिल गरिएको हो।
बैतडी: छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दै गएपछि उच्च सुरक्षा अपनाउँदै नेपालले सीमा जोडिएका सबै नाका सिल गरको छ। यसको प्रत्यक्ष मार नेपाल भित्रिने तयारी गरिरहेका नेपालीलाई परेको छ। लकडाउनसँगै उनीहरू भारतमा अलपत्र छन्।
नाका सिल गरिएकै कारण घर फर्किन लागेका सुदूरपश्चिमका १ हजार बढी मजद...