सूर्या लाइफको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  को २२ लाख कित्ता बढी संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २ सय ५४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।कम्पनीको पुस १९ गते सम्पन्न साधारणसभाले 'कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।' प्रस्ताव पारित गरेको थियो । 

सम्बन्धित सामग्री

हिमालयन बैंकको करीब २२ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

सेञ्चुरी कर्मशियल बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाडौँ। सेञ्चुरी कर्मशियल बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो।

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

चैत १३,काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो।  अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सेन्चुरी कमर्शियल बैंकको झन्डै २३ लाख कित्ता संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले 'संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।' प्रस्ताव पारित गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा शेयरमा परिणत

चैत ११, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

न्यादी हाइड्रोपावरको आईपिओ खुल्यो, यस्तो छ कम्पनी रिभ्यु

न्यादी हाइड्रोपावरले असोज १५ गते सर्बसाधारणलाई आईपिओ  बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।कम्पनीले यस अघि  भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । सो शेयर बाँडफाँड भईसकेको छ। कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन भएको थियो ।  यस समुह अन्तर्गत  १० देखि १४० कित्ता शेयरको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् भने १५० देखि ३० हजरस्देममको लागि आवेदन दिने मध्येबाट १३ सय ५६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्  ।त्यस्तै कम्पनीले यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन भएको थियो । यस अन्तर्गत १० देखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने ४० देखि २५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट १८ हजार २ सय ३६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्।  साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर पनि आज नै बाँडफाँड गरिएको छ । स्थानीयको शेयर बाँडफाँड भएसंगै अब कम्पनीलाई सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुलेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।   कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

असार ३, काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।अव कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत(६० : ४०) कायम भएको छ ।