सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सेन्चुरी कमर्शियल बैंकको झन्डै २३ लाख कित्ता संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले 'संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।' प्रस्ताव पारित गरेको थियो । 

सम्बन्धित सामग्री

हिमालयन बैंकको करीब २२ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

चैत १३,काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो।  अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।