हिमालयन बैंकको करीब २२ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । 

सम्बन्धित सामग्री

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

चैत १३,काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो।  अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सेन्चुरी कमर्शियल बैंकको झन्डै २३ लाख कित्ता संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले 'संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।' प्रस्ताव पारित गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा शेयरमा परिणत

चैत ११, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

सूर्या लाइफको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  को २२ लाख कित्ता बढी संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २ सय ५४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।कम्पनीको पुस १९ गते सम्पन्न साधारणसभाले 'कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।' प्रस्ताव पारित गरेको थियो ।

अन्तिम दिनसम्म साढे २३ लाखभन्दा बढीले भरे न्यादी हाइड्रोपावरको आईपीओ

असोज १९, काठमाडौं । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

असार ३, काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।अव कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत(६० : ४०) कायम भएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५ करोड २७ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ३३५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड २१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।  गत आवमा कम्पनीले रु. ३ करोड २२ लाख आम्दानी गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ९ करोड ८२ लाख पुगेको हो । केही दिन अगाडि संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) रहेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ७३४ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ७४ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव ६१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ७३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७०८ मा टेवा पाउने र महँगिए रु. ७५९ मा प्रतिरोध पाउने देखिन्छ ।