चितवन मेडिकल कलेज (सीएमसी) ले दोस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । यसअघि चैत ८ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । उक्त प्रत्यारोपण उपत्यकाबाहिरकै पहिलो भएको अस्पताल प्रशासनको दाबी थियो । दोस्रो प्रत्यारोपण पहिलोको भन्दा जटिल भए पनि सफल भएको अस्पतालले जनाएको छ । ‘यस्तो खाले जटिल प्रत्यारोपण देशकै पहिलो हो,’ सीएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।