कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत मंगलबार बेलुकी सम्पन्न सिन्धुपाल्चोकको प्रदेश तहको अधिवेशनमा पनि संस्थापन पक्षकै बर्चश्व देखिएको छ । संस्थापन (देउवा) पक्ष र रामचन्द्र पक्षबीच चारै प्रदेशमा प्यानल खडा गरेर नेताहरु चुनावी मैदानमा उत्रिएका थिए । सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ । […]

सिन्धुपाल्चोक कांग्रेस: पूर्वसभापति र नेविसंघ महामन्त्रीसहित हस्ती वडामै पराजित

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तरगत दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका छन् । बेलुकी अबेरसम्म भएको अधिवेशनमा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्वसभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी […]