काठमाडौं : नेकपा (एमाले) विभाजित हुँदा नेता माधवकुमार नेपाललाई छाडेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। अध्यक्ष ओलीसँग निर्णायक वार्ता निम्ति दबाब दिन नेताहरू बालकोट पुगेका हुन्। नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन्। पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तेस्रो धारको नेताहरूले ओलीलाई मंगलब