गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन्।क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटनमा उनले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीपलगायत क्षेत्रमा प्रदेश सरकारले सक्रियपूर्वक काम गरिरहेको दाबी गरे। '१४४ वटा मोटरेबल पुल निर्माण गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने आठ मि