मनाङेलाई रिझाउन मन्त्रालय टुक्रयाइयो

आफूविरुद्धको अविश्वास प्रस्ताव कमजोर बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ कदम चालेका छन्। ‘डन’ को पहिचान बनाएका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएर मुख्यमन्त्री गुरुङ बलियो बन्न खोजेका छन्।सामाजिक विकास मन्त्रालय टुक्र्याएर त्यसअन्तर्गत रहेको युवा तथा खेलकुद शाखालाई छुट्टै मन्त्रालय बनाई मनाङेलाई त्यसको जिम्मा दिइएको हो। मनाङेको मत अविश्वास प्रस्तावको पक्षमा गए मुख्यमन्त्री पद खुस्किने देखेपछि गुरुङले मन्त्री पद &ls

सम्बन्धित सामग्री

एमाले नेता भन्छन्– गगन थापाले मालिक रिझाउन गठबन्धन भत्काउने कुरा गरे

काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले देशी विदेशी साँठगाँठ गरेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई एक्ल्याउन खोजिएको आरोप लगाएका छन् । ‘नेपालका केही राजनीतिक दलहरुले त देशीविदेशी साँठगाँठ गरेर एमालेलाई स्थानीय, संघीय र प्रदेश निर्वाचनमा एक्ल्याउन खोजेकै हुन् । त्यसलाई अस्वीकार गरेर नेपाली जनताले एमालेलाई सशक्त भूमिका दिए । अहिले फेरि […]

मतदाता रिझाउन गाउँ गाउँमा उम्मेदवार, एजेन्डा पुरानै

मङ्सिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँ गाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाँड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू पुरानै एजेन्डासहित गाउँ गाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।सत्ता गठबन्धनबाट

मतदाता रिझाउन शिक्षामा महत्त्वाकाङ्क्षी योजना

काठमाडौं, कात्तिक १६ । शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका कतिपय मुद्दा अमूर्तसमेत रहेका छन् । ती मुद्दा कार्यान्वयनका लागि निर्वाचनमार्फत आफ्नो दललाई बहुमत दिलाउन उनीहरूले मतदातालाई आह्वान […]

शीर्ष नेतालाई मतदाता रिझाउन सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन व्यस्त छन् । मतदाता रिझाउन आसन्न निर्वाचनमा उम्मेदवार बन्नुभएका राजनीतिक दलका शीर्ष नेताहरुलाई उत्तिकै सकस परेको छ । आसन्न निर्वाचनमा उम्मेदवार बनेका प्रमुख राजनीतिक दलका […]

मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली […] The post मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

टेलिकम एमडीमा बाहिरका छिर्ने चलखेल, बालुवाटार रिझाउन अन्तिम दौडधूप

काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बिहिबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने तयारी भएको छ । निर्वाचन आचारसंहिता लागू हुनु अघि नै सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न लागेको हो । टेलिकमको प्रबन्ध निर्देशकमा खुल्ला प्रतिष्पर्धाबाट आवेदन आव्हान गरेकोमा आवेदकहरुमध्येबाट दरखास्त स्वीकृत भएका ९ जनामध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश हुनेछ । २२ र […]

मधेशलाई रिझाउन नसके आगमी निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दाबी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए । कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने, […]

कार्यकर्ता रिझाउन बजेट राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको तीव्र अवरोध र नाराबाजीबीच वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्ष ०७८-७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गर्‍यो।योभन्दा अघि अध्यादेशमार्फत तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८-७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका थिए। उक्त बजेटलाई प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर नयाँ ल्याइएको हो। नयाँ बजेट पुरानो बजेटभन्दा १४ अर्ब ७४ करोड रुपैयाँ न्यून रहेको छ।अघिल्लो बजेटले मुद्रास्

जीतपुरसिमरामा तमासा : नगरसभा सदस्यलाई रिझाउन सुट र सारी उपहार

बारा : तोकिएको समयभित्र नगरसभा गराउन नसकेको बाराको जितपुरसिमरा उपमहानगरपालिकाले नगरसभा सदस्यहरूलाई रिझाउन उपहारस्वरूप सुट र सारी वितरण गरेको छ।असारे बजेट सक्ने र नगरसभा सदस्यहरूलाई रिझाउने उद्देश्यले नगरपालिकाले ५१ जना महिला सदस्यहरूसहित १२५ जनालाई सुट र सारी बाँडेको हो। स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ को दफा ७१ (१) ले स्थानीय सरकारले असार १० गतेभित्र बजेट कार्यपालिका सभामा पेस गर्नुपर्ने व्यवस्था छ। तर,  जीतपुरसिमराले अझैसम्म आफ्नो नीति तथा कार्यक्रम र वडाको बजेट सिलिङ&n