मन्त्रिमण्डल विस्तारको तयारीमा मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरू दोहोर्‍याएर सानो आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्दैछन् ।  गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ छन् । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता प्रदेश सरकारलाई भएकाले उनले सानै आकार...