काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ । राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ । यस्तै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र...