नेपालका प्रमुख व्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल गुमाउने सम्भावना बढेर गएको छ । अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वरो आएपछि उनी टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित रहे ।