नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्याल