चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रिक्टमा अवस्थित हङकङ प्यालेस म्युजियम आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले संकलन गरेको ९०० भन्दा बढी प्राचिन, सांस्कृतिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । केही सामग्री पहिलो पटक हङकङमा देखाइएको छ ।