बेलायतले हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव मनाउन चिनियाँ राष्ट्रपति सी जिनफिङ हङकङ पुगेका छन् । कोरोना महामारी सुरु भएयता सी मेनल्याण्ड चीनबाट बाहिर यात्रा गरेको साढे दुई वर्षमा पहिलोपटक हो ।द्रुत गतिको रेलमा हङकङ पुगेका सीलाई त्यहाँका जनताले चीन र हङकङको झण्डासहित स्वागत गरेका थिए । सीको भ्रमणका क्रममा हङकङको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रम आयोजना हुने सम्मेलन केन्द्र वरपर सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको छ भने सडकहरू बन्द गर्नुका साथै सो क्षेत्रमा उडानहरू प्रतिबन्ध गरिएको छ ।ह