हङकङ अझै राम्रो बन्ने चीनको दावी

चीन सरकारले चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ । बेइजिङमा गरिएको पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले हङकङ निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुने धारणा राखेका हुन् ।  उनले भने, “निर्वाचनको सुरक्षाबाट देशको सुरक्षा गर्नु विश्वको सामान्य नियम हो । विश्वभरि कुनै देशले आफ्नो क्षेत्रीय निर्वाचनलाई स्वदेशको सुरक्षामाथि खतरा उत्पन्न गर्ने वातावरणलाई स्वीकार्न सक्दैन ।” गत वर्ष हङकङ सुर...

सम्बन्धित सामग्री

कृषिमा लगानीको तयारी गर्दै भाटभटेनी

काठमाडौं । मुलुकको प्रमुख खुद्रा किनमेल केन्द्र तथा डिपार्टमेन्ट स्टोरका रूपमा परिचित भाटभटेनी सुपरस्टोर सञ्चालन गरिरहेका व्यवसायीले कृषिक्षेत्रमा समेत लगानी गर्ने तयारी गरेका छन् । नेपालको आन्तरिक बजारमा अहिले विदेशी कृषि उत्पादनले प्रभाव जमाइरहेकाले त्यसलाई प्रतिस्थापन गर्न व्यावसायिक कृषि जरुरी रहेको महसुस गर्दै भाटभटेनीले कृषिमा लगानी गर्ने तयारी गरेको सञ्चालक मीनबहादुर गुरुङले बताए ।  अबको नयाँ व्यावसायिक यात्रा कृषि क्षेत्रतर्फ हुने उनको भनाइ छ । कृषिक्षेत्रमा धेरै ठूलो सम्भावना हुँदा पनि नेपालमा यो क्षेत्र सधैं उपेक्षामा पर्ने गरेको उनको बुझाइ छ । ‘मेरो अबको व्यावसायिक योजना कृषि नै हो,’ आर्थिक अभियानसँगको विशेष कुराकानीमा गुरुङले भने, ‘राज्यले जमीनको चक्लाबन्दीलगायत कृषि क्षेत्रमा केही राम्रा नीतिगत सुधार गर्न सके यो क्षेत्रले ठूलो फड्को मार्न सक्छ ।’ उनले कृषिक्षेत्रमा लागेर प्रगति हुँदैन भन्नुभन्दा फिल्डमा उत्रेर काम गरे सफलता मिल्ने बताए । शुरुआती चरणमा करीब १ हजार बिगाहा जमीन भाडामा लिएर आधुनिक प्रविधिबाट धान, गहुँ, मकै र कोदोखेती गर्ने योजना रहेको गुरुङले बताए । पछि विस्तारै साना र ठूला किसानलाई जोड्दै उनीहरूलाई त्यही अनुसारको नाफा दिने उनको भनाइ छ । हाल भाटभटेनीले बेच्ने सामानमा २० देखि २५ प्रतिशत ऊ आफैले आयात गर्छ । बाँकी सामान नेपालकै आपूर्तिकर्ताबाट किन्ने गुरुङले जानकारी दिए । भाटभटेनी शुरू गर्दा यसले ५ प्रतिशत मात्र नेपाली सामान विक्री गथ्र्यो । अहिले बढेर ३०–३५ प्रतिशत पुगेको छ ।  २०४१ सालमा काठमाडौंको एउटा सटरमा चकलेट, बिस्कुट, चिज, बटर, केही विदेशी पेयलगायत विक्रीबाट शुरू भएको भाटभटेनी स्टोर अहिले संसारका अधिकांश डिपार्टमेन्ट स्टोरको दाँजोमा सबैभन्दा धेरै प्रकारका सामान विक्री गर्ने स्टोर बनिसकेको उनको भनाइ छ ।  काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशभर यसका २६ ओटा शाखा सञ्चालनमा छन् । बिर्तामोडमा नयाँ शाखा चाँडै खुल्दै छ । भाटभटेनीले आफ्ना देशभरका शाखामा ७ हजारभन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यवसाय विस्तार र सफलतामा काम गर्ने दृढ इच्छाशक्ति, मेहनत, इमानदारी र लगनशीलता नै सबैभन्दा ठूलो कडीका रूपमा रहने उनी बताउँछन् । पाँच वर्षभित्र सर्वसाधारणलाई शेयर  व्यवसायलाई डिजिटल रूपमा अघि बढाइने  सबैभन्दा ठूलो करदाता बन्ने आकांक्षा पाँच वर्षभित्र आईपीओ जारी गर्ने योजना ३०/३५ वर्षको सफल इतिहास बोकेको भाटभटेनीले आगामी ५ वर्षभित्र सर्वसाधारणमा शेयर (आईपीओ) समेत जारी गर्ने योजना बनाएको छ ।  आईपीओ जारी गर्नु जरुरी रहेको भन्दै गुरुङले केही प्राविधिक पक्षहरू मिलेमा आगामी ५ वर्षभित्रै त्यो काम गर्ने योजना रहेको बताए । लामो र सफल व्यावसायिक अनुभवले परिपक्व भइसकेको भाटभटेनीले सरकारको साथ पाए विदेशमा समेत व्यवसाय विस्तार गर्दै निकट भविष्यमै यो व्यवसायलाई अनलाइन/डिजिटल स्वरूपमा समेत लैजाने गुरुङले बताए । व्यवसायलाई अझ विस्तार गर्दै मुलुककै सबैभन्दा ठूलो करदाताको रूपमा आफूलाई स्थापित गर्ने आकांक्षा रहेको पनि गुरुङले सुनाए ।  खोटाङमा जन्मेका गुरुङ यसरी भए सफल  खोटाङ जिल्लाको सामान्य किसान परिवारमा २०१५ सालमा जन्मिएका गुरुङ धरानमा स्नातक तहसम्मको अध्ययन सकेपछि २०३१ सालतिर स्नातकोत्तर अध्ययन गर्न भन्दै ४ सय रुपैयाँ बोकेर काठमाडौं प्रवेश गरेको बताउँछन् ।  काठमाडौं आएको केही समयमै नेपाल बैंक लिमिटेडमा जागीर शुरू गरेका उनले हङकङ भ्रमणमा जाँदा महिलाले डिपार्टमेन्ट स्टोर सञ्चालन गरेको देखेपछि प्रभावित भएको बताए । त्यसपछि नेपाल फर्किएको केही समयपछि उनले श्रीमतीलाई सानो पसल खोलिदिएर व्यवसाय शुरू गरे । व्यवसाय राम्रो हुँदै गएपछि २०५० सालमा बैंकको जागीर छाडेर आफू पनि व्यवसायमा होमिएको उनले सुनाए । गुरुङको व्यवसायमा अहिले ६० प्रतिशत उनको र ४० प्रतिशत श्रीमतीको शेयर छ । भाटभटेनीले आजका दिनसम्म सफलता हात पार्नुमा सबैभन्दा ठूलो कुरा सामानको विक्रीमा कम मार्जिन र ग्राहकप्रतिको उत्तरदायीपन भएको उनी बताउँछन् ।

आधुनिक होइन, दिगो र रैथाने कृषिको खाँचो छ

जीवनमा गरेका काम, हासिल गरेका सफलता र जोडिएका सम्बन्धले मानिसको परिचय पनि थपिँदै जान्छ । यस्तै अनेकौं परिचयबाट चिनिने व्यक्ति हुन् आङतेम्बा शेर्पा । हुन पनि ६० वर्षे उमेरमा उनी कहिले पर्यटकको भरिया, पर्वतारोही त कहिले मोडलसम्म बने । यस्तै आविष्कारक, लेखक र पर्यटन व्यवसायी तथा कृषि अभियन्ताको परिचय पनि बनाए । कक्षा ३ सम्मको औपचारिक शिक्षापछि पर्यटकको भारी बोक्न थालेका शेर्पाले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडल तथा ब्रान्ड एम्बासडरको भूमिका समेत निर्वाह गरेका छन् । त्यति मात्र होइन, अमेरिकामा पानीजहाज, लुगा तथा हेलिकोप्टर कम्पनीको विज्ञापनमा समेत उनले मोडलिङ गरिसकेका छन् । पछिल्लो समय भने उनको व्यस्तता पर्यटन व्यवसाय, कृषि तथा किताब लेखनमा बढेको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ छेप्लु (तत्कालीन सगरमाथा अञ्चल, सोलुखुम्बु, चौरीखर्क गाविस–७) मा जन्मिएर संसारका थुप्रै मुलुकमा विभिन्न काम गरिसकेका शेर्पासँग उनको जीवन संघर्ष, उतारचढाव र अनुभवबारे आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सम्पादित अंश :  तपाईंले विदेशी पर्यटकको भारी बोक्ने कामदेखि पर्वतारोहण, उद्योग, व्यवसाय सञ्चालन, वातावरण संरक्षण तथा स्वीस घडीको मोडलिङसम्मको काम गरिसक्नु भएको छ । खासमा तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ? संसारमा झन्डै ८ अर्ब मान्छेको बसोवास छ । सबै फरकफरक खालका छन् । तर सबैले श्वास फेर्छन् । म पनि श्वास लिएरै पृथ्वीमा आएको एउटा मानव हुँ । पृथ्वीमा मानव भएर आइसकेपछि केही न केही काम गर्नुपर्ने हुन्छ । प्रकृतिको नियम अनुसार मैले पृथ्वीमा जन्म लिइसकेपछि विभिन्न काम गरेको हुँ । अहिले म आविष्कारक पनि भएको छु । मानिसलाई पँखेटा बनाएर उड्न मिल्ने प्याराग्लाइडिङ र पावर प्याराग्लाइडिङ (पीपीजी) उपकरण निर्माणमा योगदान गरेको छु । यसको आविष्कार गर्ने तीनजना व्यक्तिमध्ये एउटा म हुँ । मानिस पँखेटा लगाएर उडोस् भन्ने मेरो चाहना छ । त्यस्तै पृथ्वीलाई प्राकृतिक रूपमा बचाइराख्न म वातावरण संरक्षणको दूत भएर पनि हिँडिरहेको छु, काम गरिरहेको छु । ‘पृथ्वी मेरो घर, स्वास्थ्य मेरो धन’ नाराका साथ देश–विदेश दौडाहामा छु । त्यस्तै मेरो ‘कृषि मेरो चाहना, कृषक मेरा साथी’ भन्ने अर्को नारा पनि छ । कृषि क्षेत्रबाट उत्पादित खाद्यान्नविना पृथ्वीमा बसोवास गर्ने कुनै पनि मानिसको जीवन चल्न नसक्ने भएकाले कृषि उत्पादन तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडसँग पनि जोडिएको छु । देशभित्रका २५–३० जिल्लाबाहेक जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोेपमा पनि खाद्य बैंकको सञ्जाल विस्तार भइसकेको छ ।  मानिसले प्रकृति बिगार्दै गएकाले त्यसको संरक्षण आवश्यक देखिएकाले संरक्षणका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने मेरो चाहना छ । त्यही भएरै पँखेटा लगाएर उड्न मिल्ने पीपीजीको आविष्कार गरिएको हो । पीपीजी आउनुअघि प्यारासुट, प्याराग्लाइडिङ, हेङग्लाइडिङ जस्ता विभिन्न माध्यमबाट पनि उडान हुँदै आएका थिए, भइरहेका पनि छन् । यस्तोमा इन्धनविना उड्न सक्ने अझै भरपर्दो साधनको आवश्यकता बोध भयो । सोही आवश्यकता पूर्तिका लागि पीपीजीको आविष्कार गरिएको हो । इन्धनविना आकाशमा उड्यो भने प्रदूषणबाट मुक्त हुन सकिन्छ । हवाईजहाज निर्माण गर्न, विमानस्थल बनाउन, गाडी किन्न धेरै पैसा लाग्ने भएकाले पीपीजीको प्रयोगले त्यो समस्या पनि समाधान हुने भयो । अहिले लाखौं मान्छे पीपीजीबाट उड्न थालेका छन् । यो काम सफल भएकोमा म खुशी छु । यी सबै काम गरे पनि म एउटा साधारण मानव हुँ भनेर परिचय दिन चाहन्छु ।  मेरो जीवनको करिअर भने पर्यटकको भरिया बोक्ने कामबाट शुरू भएको हो । तर मैले लिएको विचार महत्त्वपूर्ण भएकाले र सोहीअनुसार इमानदार भएर काम गरेकाले विभिन्न अवसर पाएँ । स्वीट्जरल्यान्ड, चेक रिपब्लिक, अमेरिका जस्ता देशमा पुगेर विचार राख्न पाएँ । त्यहाँका नागरिकले मेरा विचार र कर्मलाई पत्याए । अहिले म पर्यटन व्यवसायी पनि भएको छु । यतिखेर पर्यटनको सिजन भएकाले मेरो कर्मबाट रोजगारी सृजना भइरहेको छ । केही दिनपछि म हिमाल चढ्न जाँदै छु । किताब लेख्ने काम पनि गरिरहेको छु । सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएको एउटा मान्छेका लागि यो सबै काम निकै बढी हो जस्तो लागे पनि मैले सहज रूपमा लिइरहेको छु ।  इमानदारीपूर्वक काम गरेकाले नाम, दाम कमाउन सफल भइयो । मानिस इमानदार हुने हो भने संसारमा जहाँ बसे पनि हुन्छ । कतिपयले मलाई धेरै धनी व्यक्ति पनि भन्छन् । त्यसो सुन्दा मलाई हाँसो लाग्छ । मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मान्छेको इमानदारी हो । जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या छ जस्तो लाग्दैन । मान्छेको जीवनमा धेरैभन्दा धेरै जनासँग सहकार्य गरेपछि मात्र केही न केही नयाँ योजना बन्ने हुन् । मेरो जीवनमा पनि त्यस्तै भइरहेको छ । मेरो विचारमा हरेक व्यक्तिका लागि जम्मा दुई दिन हुन्छ, एउटा जन्म र अर्को मृत्युको दिन हो । अरू समय व्यतीत गर्ने अवधि मात्र हो । जन्म र मृत्युबीचको अवधिमा सबैले केही न केही काम गर्छन् । सिद्धार्थ गौतम बुद्धले भनेझैं मानिस प्रकृतिप्रेमी हुनुपर्छ भन्ने मलाई लाग्छ । म पनि त्यसैबाट प्रभावित छु । गौतम बुद्धले आममानिसका लागि काम लाग्ने विचार दिएकाले अहिलेको पुस्ताले देवता मानेको हो जस्तो लाग्छ । मलाई पनि देवता भनेको त्यस्तो हो जस्तो लाग्छ, जसले अरूका लागि दिने काम गर्छ ।  हिजोको भरिया आङतेम्बा आज कसरी यतिखेर चर्चा गर्न लायक अवस्थामा पुग्यो ? मैले जीवनमा ठूलो मान्छे खोज्न भनेर सारा संसार चहारेँ । अहिले विगतलाई संस्मरण गर्दा यो सब नबुझेर भएको रहेछ भन्ने लाग्छ । वास्तविक रूपमा भन्ने हो भने भरिया हुँदाको आङतेम्बा र अहिलेको आङतेम्बा एउटै हो । त्यतिबेला भौतिक रूपमा उचाइ, मोटाइ केही कम थियो होला । अहिले केही वृद्धि भएको होला । अहिले मलाई अन्तरराष्ट्रिय स्तरमा दिइएका नाम सबै कृत्रिम हुन् । म हिजो जे थिएँ, अहिले पनि त्यही हुँ । तर यो सब कुरा ठूलो मान्छे खोज्दै हिँडेपछि मात्र थाहा भयो । मलाई अहिले प्राप्त भएको ज्ञान यो संसारमा आफूभन्दा ठूलो मान्छे कोही रहेनछ भन्ने हो । ठूला ठूला कम्पनीका ब्रान्ड एम्बासडर, अन्तरराष्ट्रिय बुद्धिजीवी, आविष्कारक जस्ता जे नाम दिए पनि मेरा लागि ती त्यति महत्त्वका छैनन् । बरु त्यस्ता नाम थपिँदै गएको देख्दा हाँसो लाग्छ । हिजो म जे थिएँ, अहिले त्यो नहुन सक्छु । परिचय फेरिँदै गएको मात्र हो । मैले यस अवधिमा विभिन्न संघसंस्थालाई सघाइरहेको पनि छु । शरीरमा श्वास रहँदासम्म विभिन्न काम र परिचय हुन्छ । प्रकृतिलाई माया गर्ने मान्छे असल हुन्छ । मैले पर्यटकको भरिया हुँदादेखि नै अवलम्बन गरेको कर्म र इमानदारी आजपर्यन्त कायम राखेको छु ।  सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ ।  नेपालमा राम्रो सिस्टमको विकास नहुँदा जनताले दु:ख पाइरहेका छन् ।  जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या हुँदैन । तपाईंले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडलिङ पनि गर्नुभयो । यो कसरी सम्भव भयो ? मैले स्वीस घडीको मात्र नभई सयौं विदेशी वस्तुको मोडलिङ गरेको छु । अर्बौं डलर पूँजी भएका कम्पनीले उत्पादन गर्ने वस्तुको मोडलिङ गरेको छु । ती कम्पनीले मलाई भयङ्कर ठूलो मान्छे भएको जस्तो बनाए । यो सब मेरो कामप्रतिको निष्ठाले सम्भव भएको हो । त्यसैले म सधैं निष्ठावान् भएर काम गर्न सबैलाई सल्लाह दिने गर्छु । काम नै सबथोक वा देवता जस्तो भयो भने नाम, दामका लागि कुनै समस्या हुँदैन । मैले शुरूमा काम नै देवता हो जस्तो गरेँ । देवताका लागि ढुंगा, पोखरी या अन्य वस्तुभन्दा पनि काम नै हो भन्ने बुझाइले यहाँसम्म पुर्‍यायो भन्ने मेरो बुझाइ छ । म कहिल्यै पनि पोखरी, हिमाल वा ढुंगा पूजा गर्नतिर लागिनँ । कामलाई महत्त्व दिएँ । कामप्रतिको मेरो इमानदारीले विदेशी कम्पनीले पत्याए । इमानदारीले नै मेरो काम सफल भएको हो । भरियाको काम गर्दागर्दै विदेश पुग्दाको अनुभव सुनाइदिनुहोस् न । मेरो विदेश यात्रा हङकङ, सिंगापुर, थाइल्यान्डबाट भएको हो । म १६–१७ वर्षको उमेरदेखि नै विदेश जान थालेको हुँ । विदेश जाँदा पनि पर्यटकको भारी बोक्ने काम गर्थें । तत्कालीन राजा महेन्द्रले मनाङमा बसोवास गर्ने नागरिकका लागि गरिखान झिटीगुन्टाको सुविधा दिएका थिए । किनकि त्यो बेला मनाङवासी एकदमै गरीब थिए । झिटीगुन्टाको सुविधा पाएकाले विदेशबाट सामान ल्याएपछि भन्सार लाग्दैनथ्यो । सोही सुविधा अनुसार विदेशबाट सामान आयात हुन थाल्यो । मैले पनि झिटीगुन्टाको सुविधा अनुसार राहदानी बनाएर पर्यटकको भरिया हुँदै हङकङ जाने मौका पाएँ । त्यसपछि सिंगापुर, थाइल्यान्ड र बंगलादेश पुगेँ । त्यही अवसरमा धेरै कुरा सिक्ने मौका मिल्यो । अनि धेरै विषयमा अनुसन्धान गर्न पाएँ । यद्यपि औपचारिक शिक्षा भने मैले ३ कक्षासम्म मात्र पढेको हुँ । त्यही अनुभव नै स्नातकोत्तर वा विद्यावारिधिभन्दा अब्बल ठहरियो, जसले गर्दा म वैदेशिक यात्राबाट प्रभावित भएँ । म झिटीगुन्टाको सुविधा अनुसार विदेश गएकाले मनाङेहरूले आयात गर्ने सामानको फारम भरिदिने, कुन जहाज कहाँ जाँदै छ भन्नेबारे जानकारी दिनेजस्ता काम गर्न थालेँ । नेपालमा ल्याउनुपर्ने सामान, भन्सारले लिने करको बारेमा मनाङेहरूलाई पनि जानकारी दिने काम गरेँ । हङकङको अनुभवले युरोेप जान पाएँ । युरोेप पुगेपछि रेल देखेँ । दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल हुँदै युरोप गएको हुँ । १९ वर्षको उमेरमा त्यहाँ पुगेँ । त्यहीँबाटै स्वीट्जरल्यान्ड गएँ ।  युरोेप पुगेपछि के गर्नुभयो ? मैले आफ्नो कामलाई निरन्तरता दिएँ । त्यहाँ पुगेपछि पैसा पनि कमाएकै हो । त्यही पैसाबाट नेपालमा बैंक स्थापना गर्न मद्दत पुग्यो । जनता बैंक स्थापना गर्ने संस्थापकमध्ये एक हुँ । तर बैंकमा पैसा लगानी भएपछि ‘फ्रिज’ हुँदो रहेछ । मलाई त्यसमा पनि दु:ख लागेन । किनकि त्यसबाट कैयौंले रोजगारी पाइरहेका थिए, छन् । मैले कमाएको पैसा विभिन्न व्यवसायमा लगाएको छु । अहिले पनि पैसा चाहियो भने विदेशबाट ल्याउन सक्छु भन्ने आँट छ । मैले इमानदारीलाई आत्मसात् गरिरहेकाले पैसाको समस्या नभएको हो र यसका लागि अरूले पत्याएका हुन् भन्ने लाग्छ । तपाईंले नेपालमा कृषि अभियान पनि चलाइरहनु भएको छ, किन ? कृषि मानिसलाई बचाउने मुख्य क्षेत्र हो । कृषि नहुने हो भने भोकमरी हुन्छ । त्यही भएर म यो अभियानमा लागेको हु । मेरो जोड रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा छ । आकाश र जमीनले दिएको चिजबाट मानिस जिउनुपर्छ । कृषि उत्पादन नगर्ने हो भने भोकमरी हुन्छ । रैथाने बालीको उत्पादन गर्‍यो भने दीर्घकालीन पनि हुन्छ । त्यसविपरीत एकजनाले रोपेपछि हजार, लाखले खान पाउने खेती प्रणालीले मानिसलाई दीर्घकालसम्म हित गर्दैन । यस्तो खेती छिटो, मीठोका लागि मात्र हो । यसबाट उत्पादित कृषिउपज अखाद्य हुन्छ, यस्तो विधिको खेतीले जमीन नष्ट गर्छ । त्यही भएर मैले रैथाने खेतीलाई जोड दिइरहेको छु । मानिसले यसो गर्‍यो भने लामो समयसम्म कृषि गर्न सकिन्छ, नत्र चाँडै माटो मर्छ । आधुनिक नाममा भइरहेको खेतीले अनेकौं समस्या निम्त्याइरहेको छ । जमीन मर्‍यो भने खेती हुँदैन । म जापान, इटाली, हल्याण्डलगायत देशमा पनि खेतीकार्यमा लागिरहेको छु । त्यहाँ पनि रैथाने कृषि पद्धतिलाई जोड दिइरहेको छु । कृषि कर्ममा लाग्नुको मेरो उद्देश्य सबैले खान पाउनुपर्छ भन्ने हो । अहिलेका मान्छेले मात्र नभई २–३ सय वर्षपछि जन्मने मानिसले पनि खान पाउने गरी कृषि उत्पादन हुनुपर्छ भन्ने मेरो सोच छ । मेरो टिममा कृषिका विज्ञहरू पनि छन् । अहिलेको समयमा मेरो सोच फरक जस्तो लागे पनि यतिखेर पृथ्वीका लागि वैज्ञानिक कामभन्दा प्राकृतिक संरक्षणका काम गर्न बढी आवश्यक छ । केही वर्ष अघिसम्म मलाई पनि नेपालमा किन विकास नभएको होला जस्तो लाग्थ्यो । तर अहिले युरोेप, अमेरिकाजस्तो विकास नेपालमा भएको भए प्रकृतिको संरक्षण हुन्थ्यो होलात ? भन्ने लाग्छ । संसारका विभिन्न देशमा भ्रमण तथा बसोवास गरेकाले तपाईं नेपाल सरकारलाई के काम गर्न सल्लाह, सुझाव दिनुहुन्छ ? सर्वप्रथम त नेपालको सरकार चलाउने शैलीमा धेरै सुधारको खाँचो छ भन्ने मेरो ठम्याइ छ । नेपालमा राम्रो सिस्टम बन्न नसकेकाले जनताले दु:ख पाइरहेका छन् । सिस्टम बन्न नसकेकै कारण ठूलो संख्याका युवायुवती विदेश गइरहेका छन् । ठूलो संख्याका युवायुवती विदेश पस्दा खेतीयोग्य जमीन बाँझो छ । पुरुष विदेश पस्दा महिला एक्लै बस्न बाध्य छन् । यसले जनसंख्यामा पनि कमी ल्याइरहेको छ । त्यसैले विदेश गएकालाई नेपाल फर्काउन आवश्यक देखिएको छ । युवा देशमा फर्किएपछि बाँझो जमीनमा कृषि उत्पादन शुरू हुन्छ । सरकारले राम्रो काम गरेर देखायो भने विदेश गएकाहरू फर्कन्छन् । तर सरकारका गतिविधि हेर्दा राम्रो काम गर्न चासो छैन । विगतदेखि नै बन्ने गरेका सरकार राम्रो ट्र्याकमा आउन सकेका छैनन् । सरकारले दीर्घकालसम्म काम लाग्ने काम गरेको पनि देखिँदैन । सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ । अहिले सरकारमा बस्नेहरूले ठूला ठूला कुरा गर्नुभन्दा पनि साना ठानिएका, तर ती महत्त्वपूर्ण काम परिपक्व तरीकाले गर्नुपर्छ । कृषि मात्र सुधारिने हो भने देशले निकै प्रगति गर्ने सम्भावना छ । तर यो देशमा चाहिनेभन्दा नचाहिने कुरा गर्नेको समूह सक्रिय छ । तपाईंको आगामी योजना के कस्ता छन् ? अहिले मेरो इच्छा तपस्या गर्नेतिर भएकाले तपस्या पनि गरिरहेको छु । स्वच्छ र शान्त वातावरणमा बस्न चाहन्छु । मान्छेले जन्मदेखि मृत्युसम्म थुप्रै काम गर्नुपर्ने भएकाले मेरो पनि मृत्युसम्म इच्छा लागेका विषयमा अध्ययन, अनुसन्धान गर्ने विचार छ । तर अहिले नै यसै विषयको अनुसन्धान भन्न चाहिँ सकिँदैन ।

‘नेपाल एयरलाइन्स’ सिध्याउने ६ नेताः कसको पालामा के भयो ?

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उतारचढावपूर्ण ६३ वर्षे यात्रा पूरा गरेको छ । ६ दशकभन्दा बढी लामो इतिहास बोकेको नेपाल एयरलाइन्सको ‘आर्थिक स्वास्थ्य’ भने दिनानोदिन खराब अवस्थाबाट गुज्रिरहेको छ ।सन् १९५८ मा २८ सिटे डाकोटा डीसी–३ विमानबाट काठमाडौँ–सिमरा उडेर हवाई उडान सुरु गरेको निगमले हाल वाइडबडी जहाजबाट विभिन्न गन्तव्यमा उडान त गर्दैछ । तर, संस्था झण्डै ५० अर्ब ऋणमा भासिएको छ । आन्तरिक उडानमा अस्तित्व नै गुम्योकुनै समय नेपाल एयरलाइन्सका साना जहाजले देशका अधिकांश आन्तरिक विमानस्थलमा उडान गर्थे । हाल आन्तरिक उडानमा निगमको उपस्थिती शून्य प्रायः छ । २ वटा ट्वीनअटर विमानले आन्तरिक उडान गरिरहेको भएपनि त्यो खस्कँदो छ । चीनसँग खरिद गरिएका २ वटा एमए–६० र ४ वटा वाई–१२ जहाज भने १५ असार २०७७ असार अर्थात् २ वर्ष अघिदेखि घाम तापेर बसेका छन् । यी जहाजको सञ्चालन खर्च आम्दानीभन्दा बढी छ ।अन्तराष्ट्रिय उडानतर्फ जापान, साउदी, कतार, दुबई, मलेसिया, थाइल्याण्डको बैंकक, हङकङ र भारतका ३ शहर (दिल्ली, बैंलोर र मुम्बई)मा नियमित उडान गर्दै आएको छ । २ वटा वाइडबडी र २ वटा न्यारोबडी एयरबसमार्फत अन्तराष्ट्रिय गन्तव्यमा उडान भरिरहेको निगम विश्वका अन्य ध्वजाबाहक र नेपालकै प्रतिस्पर्धी वायुसेवा प्रदायक कम्पनीका सामू भने निरिह बन्नु परिरहेको छ ।ऋण चुलियो, किस्ता तिर्न बन्दपछिल्ला वर्ष राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स क्रमशः घाटामा छ । संस्थाको थाप्लोमा रहेको झण्डै आधा खर्ब ऋणको भार बोकेर निगमका जहाज आकाशमा उडिरहेका छन् ।अन्तराष्ट्रिय उडानका लागि खरिद गरिएका एयरबस ३२० र वाइडबडी ३३० जहाजको ऋणको किस्ता र ब्याजसमेत निगमले तिर्न सकेको छैन । निगमले वाइडबडी ए ३३०, २ वटा एयरबस ए ३२० र चिनियाँ जहाज खरिदका लागि लिएको ऋणको तिर्न बाँकी साँवा र ब्याज ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।वाइडबडी जहजा खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । २ वटा एयर बस ३२० किन्न कर्मचारी सञ्चय कोषसँग १० अर्ब, २ वटा वाइडबडी ए ३३० जहाज किन्न सञ्चय कोष र नागरिक लगानी कोषसँग २५ अर्ब र चिनियाँ जहाज खरिदमा ६ अर्ब ६७ करोड १० लाख गरी ३८ अर्ब ७२ करोड ऋण बढेर हाल ४७ अर्ब ४४ करोड पुगेको छ ।पटक पटक राजनीतिक हस्तक्षेपचरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल एयरलाइन्सले राजनीतिक हस्तक्षेप पटक पटक ब्यहोरिरहेको छ । हरेक पटक सरकार परिवर्तन हुँदा पहिलो प्रहार निगमले खेप्नुपरेको छ ।हरेक पटक सरकार फेरिँदा निगम कमाउने भाँडो बन्ने गरेको छ । सरकार परिवर्तन हुनासाथ आउने पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल एयरलाइन्सलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने गरेका छन् । पछिल्लो उदाहारण हुन् प्रेम आले । उनले आफूले सिफारिस गरेका कार्यकर्तालाई भर्ती नगरेपछि निगमका निलम्बित अध्यक्ष युवराज अधिकारीमाथि अश्लील गाली गर्दै हातपात नै गरेका थिए ।तत्कालीन राजा ज्ञानेन्द्रले २१ दिनसम्म निगमको व्यावसायिक उडान नै रोकेर २०६२ कात्तिक २५ गतेबाट बंगलादेशको ढाकादेखि अफ्रिकाको बुरुन्डीसम्म यात्रा गरेका थिए । तर, निगमले अहिलेसम्म पनि ज्ञानेन्द्रले गरेको त्यो उडानको भाडा पाएको छैन । राजतन्त्रदेखि हाल गणतन्त्रसम्म पनि नेपाल एयरलाइन्सले पटक पटक दलको हस्तक्षेपबाट दलदलमा फस्नु परेको छ । २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनपछि माओवादी दलबलसहित सत्तामा पुग्यो । प्रधानमन्त्री बने त्यतिबेला भर्खर हिंसात्मक राजनीतिबाट संसदीय राजनीतिमा आएका पुष्पकमल दाहाल प्रचण्ड । उनले त्यतिबेला निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरे ।प्रचण्डको उक्त कदमको विरुद्दमा तत्कालीन महाप्रबन्धक केबी लिम्बु अदालत गए । अदालतले यसको छिनोफानो गर्न ५ महिना लगाईदियो । महाप्रबन्धकको रुपमा कंसाकारले काम गरिरहेकै अवस्थामा अदालतले लिम्बुलाई पुर्नबहाली गरिदियो ।नेपाली सेनाका तत्कालीन प्रधान सेनापती रुकमांगत कटुवालसँगको टसलका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्यो । झलनाथ खनाल नेतृत्वको सरकार बन्यो ।झलनाथको नेतृत्वमा सरकार बन्दा अदालतबाट पुर्नबहाली पाएका केबी लिम्बुले निगमको महाप्रबन्धकको रुपमा काम गरिरहेका थिए । तर, खनाल नेतृत्वको सरकारले पुनः कंसाकारलाई कार्यकारी अध्यक्ष बनाएर निगममा भित्र्यायो ।आफूलाई मुद्दा हराएर निगमको महाप्रवन्धका रुपमा फर्किएका लिम्बुको कार्यकारी अधिकार सहित निगममा छिरेका कार्यकारी अध्यक्ष कंसाकार र महाप्रबन्धक लिम्बुबीचको टसल छताछुल्ल भयो । विवाद बढेपछि कंसाकारले लिम्बुको सबै अधिकार खोसिदिए ।कार्यकारी अध्यक्षको हैसियतमा कंसाकारले ६ वटा जहाजको खरिद प्रक्रिया सुरु गरे । बैना वापतको रकम पनि पठाए ।तर, जहाज खरिदमा आर्थिक घोटाला भएको भन्दै कंसाकार जेल पुगे । बैना रकम फिर्ता आएपछि सफाई पाएर फर्किए । उनी पदमुक्त पनि भए ।कंसाकार कार्यकारी अध्यक्षबाट पदमुक्त भएपछि लिम्बु नै कार्यकारी महाप्रबन्धक बने । लगत्तै डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । डा. भट्टराई नेतृत्वको सरकारले मनरुप शाहीलाई कार्यकारी अध्यक्ष बनायो ।शाहीले पदबाट राजीनामा दिएपछि निगमकै कर्मचारी मदन खरेल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भए । त्यतिबेला निगमको बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयका सचिवलाई नियुक्त गर्न थालिएको थियो ।तर, फेरि बाहिरबाट नियुक्त गर्ने गाईगुई सुरु भयो । स्वर्गीय सुशील कोइराला नेतृत्वका सरकारले शिवशरण न्यौपानेलाई निगमको बोर्ड अध्यक्षमा नियुक्त गर्यो । त्यतिबेलाको सत्ता साझेदार दल एमालेको अध्यक्ष थिए झलनाथ खनाल । न्यौपानेलाई निगमको अध्यक्षमा नियुक्त गर्न खनालले स्वर्गीय सुशील कोइरालालाई ठूलो दबाब दिएका थिए ।कार्यकारी अध्यक्ष न्यौपाने र महाप्रवन्धक खरेलबीच विवाद बढ्यो । कार्यकारीको हैसियतले न्यौपानेले खरेललाई काम गर्न दिएनन् । त्यसपछि खरेलले महाप्रबन्धकबाट राजीनामा दिए । खरेलले राजीनामा दिएपछि जेठ २०७२ मा सुगतरत्न कंसाकारलाई महाप्रबन्धक बनाईयो ।न्यौपानेलाई सरकारले निगमको बोर्ड अध्यक्षबाट हटाउने निर्णय गर्यो । यो निर्णय नमान्ने भन्दै न्यौपाने अदालत गए । अदालतले न्यौपानेको पुर्नबहाली गरिदिएन ।सरकारले पुनः पर्यटन सचिवलाई नै बोर्ड अध्यक्ष बनायो । महाप्रबन्धक कार्यकारी भए । कंसाकारकै कार्यकालमा निमगले २७४ सिट क्षमताका २ वटा वाइडबडी जहाज खरिद गर्यो । हवाई उडानको बजारमा निगमले आफ्नो हिस्सा १७ प्रतिशितसम्म पु¥यायो ।तर, २०७४ मंसिरमा भएको निर्वाचनपछि २०७४ फागुनमा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो । ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए स्वर्गीय रवीन्द्र अधिकारी । अधिकारी सहमत नहुँदा नहुँदै ओलीले मदन खरेललाई निगमको सदस्यमा नियुक्त गरे । सदस्य नियुक्त भएको केही दिनमै ओलीले नै महाप्रबन्धक कंसाकारको कार्यकारी अधिकार खोसेर खरेललाई कार्यकारी अध्यक्ष बनाए ।आफ्नो अधिकार खोसिए पनि कंसाकार महाप्रबन्धकको रुपमा निगममै बसे । रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त भए । भट्टराई मन्त्री बनेपछि कंसाकारले माघ २०७६ मा पदबाट राजीनामा दिए ।२०७६ चैतबाट कोरोनाका कारण मुलुक लकडाउनमा गयो । त्यतिबेला ओली नेतृत्वकै सरकारले पर्यटन सचिव सुशील घिमिरेलाई अर्को व्यवस्था नहुँदा सम्मका लागि भनेर कार्यकारी अध्यक्ष बनायो ।घिमिरे कार्यकारी अध्यक्ष रहेकै बेला सदस्यमा नियुक्त भए डिमप्रकाश पौडेल । त्यसपछि उनै पौडेलले निगममा कार्यकारी अधिकार पाए । उनी असोज २०७७ मा महाप्रबन्धक बनाईए ।त्यपछिको यो बीचमा संसद विघटन, सर्वोच्चद्वारा विघटन बदर लगायतका घटनाक्रम पछि ओली नेतृत्वको सरकार ढल्यो । काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको ३ महिनापछि बल्ल देउवाले नेकपा एकिकृत समाजवादीको सिफारिसमा प्रेम आलेलाई पर्यटनमन्त्रीमा नियुक्त गरे । मन्त्री भएको ५ दिनमै आलेले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको अधिकार खोसेर कार्यकारी अध्यक्षका बनाएर युवराज अधिकारीलाई भित्र्याए । कर्मचारीमाथि यौन हिंसा गरेको प्रमाणित भएर सजाय भोगेका निगमकै अर्थ विभागका पूर्वप्रमुख अधिकारीलाई कार्यकारी अध्यक्ष बनाईएको थियो । डिल नमिलेपछि आलेले नै उनलाई निलम्बन गरिदिएका छन् ।आले अहिले मन्त्री पदबाट हटिसकेका छन् । अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्री छन् । जाँदाजाँदै आलेले अधिकारीलाई निलम्बन गरेर निगमकै वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई अस्थायी महाप्रबन्धक बनाएका थिए । अहिले उनै ज्वार्चनले जसोतसो काम गरिरहेका छन् ।

नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार मध्याह्न १२ बजेदेखि सुुरु हुनेछ । नेपाल हङकङलाई हराएर लगातार चौथो जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । समूह ‘बी’मा नेपाल...

हङकङमा अभिनयको भोक मेटिएन

बिनोद बस्नेतले हङकङलाई कर्मथलो बनाए । एकदशक अघि हङकङ आएका बस्नेतले मोडलिङ यात्रालाई निरन्तरता दिईरहेका छन् । उनी भन्छन्, ‘पूर्णकालिन मोडलिङमा लाग्ने स्थिती नभएपनि कामसँगै यसलाई निरन्तरता दिइरहेको छु ।’ कलाकार बन्ने लक्ष्य लिएका बिनोदले चर्चित कलाकार आर्यन अधिकारी, प्रियंका कार्की स्टार चलचित्र “बटरफ्लाई” मा पनि अभिनय गरिसकेका छन् । क्याटमान्डु, थोरै भए पुगिसरी, तितो […]

कालीगढ अभाव : बढ्यो सुनका गरगहनाको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ । चैत महीनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो । चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ । कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए । ‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् । वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ६० लाख बराबरको गरगहना आयात भएको थियो । वार्षिक विन्दुगत आधारमा पनि सुनका गरगहनाको आयात १५० प्रतिशतले बढेको देखिन्छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ । पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन थालेका छन् । फलस्वरूप सुनका गरगहनाको आयात बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात अस्वाभाविक रहेको बताए । सरकारले यसलाई विस्थापन गर्नेगरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु फाइदाजनक हुन्छ । यसका लागि सरकारले सही नीति ल्याउनुपर्छ ।’

सदाबहार कोसेली ‘पवनको पेडा’

सदाबहार कोसेली ‘पवनको पेडा’ मनोरञ्जन शर्मा रुपन्देही भैरहवा, २७ असोज ? मिठाईहरूको बादशाहका रूपमा पेडालाई लिने गरिन्छ । दूधको खुवा बनाई त्यही खुवाबाट पेडा बन्छ । पेडाको कुरा गर्दा नेपालमा प्रचलित एउटा नाम हो भैरहवास्थित पवन मिष्ठान्न भण्डारको पेडा । पवनको पेडा भने पछि भैरहवा, बुटवल मात्र होइन, काठमाडौंमा समेत एउटा ब्रान्ड बनेको छ । भैरहवाको पवनको पेडा मन पराउने धेरै नै छन् । देशभित्रबाट मात्र होइन देश बाहिर रहेका नेपालीहरूले पनि भैरहवाबाट कोही विदेश भ्रमणमा गए पवनको पेडा कोसेली ल्याउन सबैले आग्रह गर्छन् । पवनको पेडा बन्न लागेको गत भदौ २ गते ५० वर्ष पूरा भएको छ । राधेश्याम हलवाई पवन मिष्ठान्नका संस्थापक हुन् । उनले आफ्नो जेठा छोरा पवन हलवाईको नाममा मिष्ठान्न पसलको नाम पवन जुराएका हुन् । राधेश्यामका पिता मोतीलाल हलवाईले गर्ने मिठाई व्यवसायलाई उनले निरन्तरता दिँदै वर्तमान स्वरूपमा ल्याई पु¥याएका हुन् । राधेश्यामले २०२५ साल भदौ २ गते मिठाई व्यवसाय सुरुवात गरेका हुन् । उनले आफ्नो जन्म महिना पारेर भदौ महिनामा मिष्ठान्न व्यवसाय सुरु गरेका हुन् । ५० वर्षअघिको पवनको पेडाको स्वाद लिएकाहरू अहिले पनि उति बेलाको स्वाद र अहिलेको स्वादमा खासै भिन्नता नरहेको बताउँछन् । बिना मिसावट शुद्ध दूधबाट उत्पादन गरी गुणस्तरीय भएकाले नै पवनको पेडा देश विदेशमा नाम राख्न सफल भएको हलवाईले बताए । “हाम्रो मिठाईमा पुख्र्यौली स्वाद छ र गुणस्तरीयता पनि, हामी शुद्धतामा विश्वास गर्छौं,” उनका जेठा छोरा पवल हलुवाईले भने । मैले विगत १० वर्षदेखि पवनको पेडाको स्वाद लिइरहेको छु, त्यति बेलाको स्वाद र अहिलेको स्वादमा कुनै भिन्नता छैन । पो पटक दसंैमा इलाम घर लैजान साथीभाइमार्फत मगाएको छु, पवनको पेडा जिब्रोमा झुन्डिएको नाम हो, काठमाडौंमा कार्यरत सञ्चारकर्मी मुकुन्द दाहालले भने । सिद्धार्थनगर नगरपालिकाका अधिकृत दुव्र्यन्त थापा मगरले पनि आफूलाई विदेशमा भएका इस्टमित्र र साथीभाइहरूले पवनको मिठाई मगाउने गरेको बताए । पवनको पेडा भनेको भैरहवाको एउटा ब्रान्ड हो । पवनका पेडा पारखी तथा फ्युचरलाइट बोर्डिङ स्कुलका संस्थापक तथा प्राचार्य गम्भीर गुरुङले भने । तिहारमा बढी बिक्ने पवनको मिठाईसँगै पेडाको माग दसैंमा पनि अत्यधिक हुने गरेको छ । दसैंमा टीका लगाउन आफन्त कहाँ जानेहरूलाई पानी सँगै मिठाई र पेडा दिइने चलन छ भने टीका लगाउन जाँदा कोसेलीका रूपमा पवनका मिठाई र पेडा कोसेलीको रूपमा जाने गरेको छ । दसैं–तिहारमा फलफूलसँगै स्थान बनाएको पवनको पेडा मिठाईले पनि हो । पवन मिष्ठान्न भण्डारमा पेडा सहीत मिठाई किन्नेको भीडनै हुन्छ । स्थानीय बासिन्दाको त प्रायः सधै नै भीड हुन्छ पवन मिष्ठान्नमा । अहिले भैरहवा र ‘पवनको पेडा’ लगभग पर्यायवाची बनिसकेको छ । पवनको पेडाको बखान गरेर नथाक्ने स्वदेश र विदेशमा समेत प्रशस्तै छन् । कसैको घरमा पाहुना आए सत्कारका लागि होस् वा बाहिरबाट आएको व्यक्ति घर फर्किदा कोसेली स्वरूप होस् सवबको रोजाई बन्ने गरेको छ पवनको पेडा । अन्य मिठाईको तुलनामा पेडा धेरै दिनसम्म नबिग्रिने भएकाले पवनको पेडा अमेरिका, बेलायत, मलेसिया थाइल्यान्ड, हङकङ, फिलिपिन्स, भारत क्यानाडा, सिंगापुर, अष्ट्रेलिया, भारत, कम्बोडियालगायत खाडीका धेरै देशमा पुग्ने गरेको पवन मिष्ठानका जन्मदाता राधेश्याम हुलुवाई भन्छन् । ‘चाडपर्वका बेलामा त पेडाको अग्रिम बुकिङसमेत हुनेगर्छ । मिठाईमैं जन्मेको, हुर्केको र वाचेका व्यक्ति हुन राधेश्याम हलुवाई र त्यसको उचित व्यवस्थापन गर्दै अहिलेको अवस्थासम्म ल्याई पु¥याउन पिताको काँधमा काँध राख्दै अघि बढाउन मद्दत गर्ने छोरा पवन हुन् । ५० वर्षदेखि लगातार पेडासहित अन्य मिठाईहरूको जुन गुणस्तर हामीले उपभोक्ताहरूलाई दिइरहेका छांै, त्यो गुणस्तर सयौं वर्षसम्म कायम रहोस, भन्ने मेरो इच्छा छ । ।