काठमाडौं। ई–कमर्श प्लेटफर्म दराजले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूमा आधारित रहेर यस वर्ष समुदायमा आधारित विभिन्न उत्थानशील योजना सम्पन्न गरेको बताएको छ । रणनीतिक रूपमा युवा तथा महिलालाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्दै समावेशी र दिगो भविष्य निर्माणमा सहयोग गरेको कम्पनीको भनाइ छ ।
दराजले ‘लाइफ प्रोजेक्ट फर युथ’ र ‘उद्देश्य गल्र्स इन स्टिम’ जस्ता संस्थासँगको सहकार्यमा प्राविधिक ज्ञान, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गरेको जानकारी दिएको छ । कार्बन उत्सर्जनको न्यूनीकरणमा सघाउन ‘डोको रिसाइक्लर्स’सँगको सहकार्यमा प्याकेजिङमा प्रयोग हुने प्लास्टिक रिसाइकल गरेर पाइप बनाइँदै आएको दराजले बताएको छ । यसबाहेक दराजले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत २ ट्रक र ७५ बाइक गरी कुल ७७ विद्युतीय सवारीसाधनलाई डेलिभरीमा प्रयोग गरिँदै आएको बताइएको छ ।
दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।...
काठमाडौँ। अनलाइन किनमेल गर्न सकिने ई–कमर्स प्लटेफर्म दराजले यो वर्षको दराज ‘सेलर समिट’ सम्पन्न गरेको छ। दराजमा सामान बिक्री गर्ने बिक्रेता (सेलर)लाई उनीहरूको सहयोग र प्रतिबद्धताप्रति आभार व्यक्त गर्न यो सम्मेलन (समिट) आयोजना गरेको कम्पनीले जनाएको छ।
अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ ।सो सम्मेलनमा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए । विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए ।दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव […]
जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत […]
दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरूको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै विक्रेताहरूलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ ।