मतदानअघि नै माधव पक्षका केही सांसद संसद भवनबाट बाहिरिए

नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ

सम्बन्धित सामग्री

संसद छिर्न तिखारिँदै नयाँ सांसद

काठमाडौँ – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित माधव सापकोटा हिजोआज ‘सांसद’ बन्ने तयारीमा लागि परेका छन्। मंसिर ४ को चुनावले माओवादी केन्द्रका उम्मेदवारका रुपमा निर्वाचित भएर पहिलो पटक संसद छिरेका उनी आफू प्रभावकारी सांसद बन्न अध्ययन, खोजबिन र सोधपुछमा लागि परेको बताउँछन्। आइतबार संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरुसँग आफ्नो दैनिकीबारे सुनाउँदै उनले भने, ‘हिजोआज म संसदमा […]

हामीले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न दिदैनौँः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने बताएको हो । अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र […]

माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारिने बताए  । ‘आज रा

सांसद पदबाट नहटाउन माधव नेपाल पक्षका नेताको निवेदन संसद् सचिवालयले बुझेन

काठमाडौँ- नेकपा एमालेले मंगलबार सांसद पदबाट हटाउने गरी कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदहरुको पद थाम्न बुधबार संसद सचिवालय पुगेका विरोध खतिवडा र जीवनराम श्रेष्ठको निवेदन दर्ता हुन सकेन। संसद सचिवालयका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेपछिमात्र निवेदन दर्ता गर्न मिल्ने भनेपछि खतिवडा र श्रेष्ठ निवेदन हातमै बोकेर फर्केका थिए। माधव नेपाल, […]

माधव नेपाल पक्षका केही सांसद संसद बैठकबाट बाहिरिए

नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसद प्रतिनिधिसभा बैठक चल्दै गर्दा बैठक स्थलबाट बाहिरिएका छन् । नेपाल पक्षले काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिने बताइएको बेला उनी पक्षीय केही सांसद बैठक हलबाट बाहिरिएका छन् । देउवालाई जसपाका सबै सांसदले विश्वासको मत दिने भएका छन् भने सोही कारण नेपाल पक्षले मत नदिएपछि उनले विश्वासको मत पाउनसक्ने देखिएको छ । यही बीच नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावललगायत बैठक हलबाट बाहिरिएका छन् । नेताहरुका अनुसार देउवालाई आवश्यक पर्ने मत मात्रै नेपाल पक्षले...

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा हस्ताक्षर गर्ने माधव समूहका १९ सांसद मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्न माग गर्दै विपक्षी गठबन्धनमा आवद्ध माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने १९ सांसद मात्र छन्। संघीय संसद भवनमा विपक्षी गठबन्धनको भेलामा १९ जना सांसदको मात्र उपस्थिति रहेको पाइएको छ। माधव पक्षका सांसद सोमप्रसाद पाण्डेले रिटको पक्षमा हस्ताक्षर गर्ने १९ जना सांसदहरुको उपलब्ध भएको बताए।

माधव समूहबाट २७ जना सांसद नपुग्ने

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने माग गर्दै एमालेको माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गर्दैैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माधव नेपाल समूहका सांसदहरु हस्ताक्षरका लागि पुगेका हुन्। उनीहरुको पक्षमा २७ जना सांसदहरु नपुग्ने भएका छन्। एमाले सांसद रामकुमारी झाँक्रीले कतिपय सांसद कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनमा बसेकाले २७ जना नपुग्ने बताएकी हुन्।

सांसदहरुको हस्ताक्षर संकलन संसद भवनमा गरिँदै

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरु संसद भवनमा हस्ताक्षर संकलन गर्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र एमालेको माधव समूह र माओवादी केन्द्रका सांसदहरु रिटमा हस्ताक्षर गर्न पुगेका हुन्। माधव समूहका केही सांसदहरु कन्ट्याक्ट ट्रेसिङमा परेकाले २७ जना सांसद नपुग्ने संकेत रहेको सांसद रामकुमारी झाँक्रीले बताइन्। १३६ जना सांसद भए बहुमत पुग्ने बताइएको छ।

माधव पक्षका सांसद राजीनामा दिन संसद सचिवालयमा

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहित सांसदहरु राजीनामा दिन संसद सचिवालय पुगेका छन्। आज केहीबेर अघि झण्डै १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालय पुगेका हुन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले राजीनामा बुझाउने गरी सचिवालय जाने क्रम जारी छ। एक नेताले भने, ‘पार्टी एकतालाई जोगाउने प्रयास गरिरहेका थियौं। अब त्यो सम्भावना समाप्त भएको छ।’

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]