माधव समूहबाट २७ जना सांसद नपुग्ने

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने माग गर्दै एमालेको माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गर्दैैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माधव नेपाल समूहका सांसदहरु हस्ताक्षरका लागि पुगेका हुन्। उनीहरुको पक्षमा २७ जना सांसदहरु नपुग्ने भएका छन्। एमाले सांसद रामकुमारी झाँक्रीले कतिपय सांसद कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनमा बसेकाले २७ जना नपुग्ने बताएकी हुन्।

सम्बन्धित सामग्री

माधव नेपालका सांसद भन्दा पालिका प्रमुख कम हुने भएपछि…

काठमाडौं, ४ जेठ । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ । २७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा एसको २३ सांसद हुनु राम्रो संख्या हो । तर, ७५३ पालिकामा नेकपा एसको त्यो भन्दा कम संख्या हुने देखिएको छ । नेकपा एसले स्थानीय चुनावको […]

लुम्बिनीका माधव नेपाल पक्षका सांसद ‘पर्ख र हेर’को अवस्थामा

३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसदमध्ये दुई जना सांसद एक साताअघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका थिए । साउन ३० गते माधव पक्षीय एमाले रुपन्देहीको जिल्ला भेलामा उपस्थित भएर मन्तव्य राखेका कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती माधव नेपालले नयाँ दल दर्ता गरेपछि भने पर्ख र हेरको अवस्थामा रहेका छन् […]

माधव पक्षमा ३० भन्दा बढी सांसद, क-कस्ले गरे गुट परिवर्तन

काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केही सांसदले गुट परिवर्तन गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेकामध्ये ५ जनाले आजै गुट परिवर्तन गरेका छन् । योसहित माधव नेपाल पक्षमा ३० सांसद कटिसकेको बुझिएको छ । माधव नेपाल पक्षका एक नेताका अनुसार अन्तिम समयमा केही सांसद आउने भएका छन् । अहिलेसम्म माधव […]

माधव पक्षका सांसद चौधरीले भने- हामी सरकारमा जान्छौँ

काठमाडौँ- नेकपा एमालेका माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा जाने बताएका छन्। नेपाल पक्षका १९ सांसदहरुको बैठक राजधानीको बुद्धनगरस्थित साहना स्मृति प्रतिष्ठानमा बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने २२ जना एमाले सांसदहरुमध्ये १९ जना बुधबार दिउँसो बैठक बसिरहेका छन्। बैठककै क्रममा बाहिर निस्केका सांसद मेटमणि चौधरीले देउवालाई विश्वासको मत हालेका […]

मतदानअघि नै माधव पक्षका केही सांसद संसद भवनबाट बाहिरिए

नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा हस्ताक्षर गर्ने माधव समूहका १९ सांसद मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्न माग गर्दै विपक्षी गठबन्धनमा आवद्ध माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने १९ सांसद मात्र छन्। संघीय संसद भवनमा विपक्षी गठबन्धनको भेलामा १९ जना सांसदको मात्र उपस्थिति रहेको पाइएको छ। माधव पक्षका सांसद सोमप्रसाद पाण्डेले रिटको पक्षमा हस्ताक्षर गर्ने १९ जना सांसदहरुको उपलब्ध भएको बताए।

माधव समूहको भेलामा कांग्रेस, माओवादी र जसपाका सांसद पनि सहभागी

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको भेलामा माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि पुगेका छन्। सिंहदरबारमा आधा घण्टादेखि माधव समूहका सांसदहरुको बैठक चलिरहेको छ।उक्त भेलामा माओवादीका वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड पनि पुगेका छन्।जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि भेलामा सहभागी भएका छन्। देउवा निवास बुढानिलकण्ठमा पनि यसअघि देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो।

माधव समूहका सांसद चौधरीको चेतावनीः कारबाही गरे नयाँ पार्टी खोल्छौं

काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले नयाँ पार्टी खोल्ने चेतवानी दिएका छन्। सिंहदरबारमा माधव नेपाल समूहका सांसदकाे बैठकपछि कुराकानी गर्दै चौधरीले भने, “कारबाही गरियो भने नयाँ पार्टी खोल्छौं।” सञ्चारकर्मीहरूले सांसद चौधरीलाई ह्वीप नमान्दा तपाईंहरुलाई कारबाही होला नि? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। उनले फेरि छलफल गरेर पार्टीलाई मजबुत बनाउने नै अडान रहेको बताए।

नेकपा प्रचण्ड–माधव समूहको बैठकमा १११ सांसद उपस्थित

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका...