माधव पक्षका सांसद राजीनामा दिन संसद सचिवालयमा

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहित सांसदहरु राजीनामा दिन संसद सचिवालय पुगेका छन्। आज केहीबेर अघि झण्डै १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालय पुगेका हुन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले राजीनामा बुझाउने गरी सचिवालय जाने क्रम जारी छ। एक नेताले भने, ‘पार्टी एकतालाई जोगाउने प्रयास गरिरहेका थियौं। अब त्यो सम्भावना समाप्त भएको छ।’

सम्बन्धित सामग्री

पोखरा मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।

रोक्न खोज्ने पाण्डेलाई पन्छाउँदै रावलले पढे राजीनामा पत्र (भिडिओ)

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार सांसद पदबाट राजीनामा दिए। सुरुआतमा उनी राजीनामा बोकेर सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए।

भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  सांसद पदबाट राजीनामा दिने भन्दै रावल अहिले संसद सचिवालय पुगेका छन् । रावल निकट पत्रकार एकिन्द्र कुँवरका अनुसार रावलले संसद् सचिवालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।  पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार ने…

नेपाल समूहको अल्टिमेटम सकियो, सिंहदरबारमा सांसदहरू भेला हुँदै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्‌।नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबा