नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसद प्रतिनिधिसभा बैठक चल्दै गर्दा बैठक स्थलबाट बाहिरिएका छन् । नेपाल पक्षले काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिने बताइएको बेला उनी पक्षीय केही सांसद बैठक हलबाट बाहिरिएका छन् ।
देउवालाई जसपाका सबै सांसदले विश्वासको मत दिने भएका छन् भने सोही कारण नेपाल पक्षले मत नदिएपछि उनले विश्वासको मत पाउनसक्ने देखिएको छ ।
यही बीच नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावललगायत बैठक हलबाट बाहिरिएका छन् । नेताहरुका अनुसार देउवालाई आवश्यक पर्ने मत मात्रै नेपाल पक्षले...