जेठ ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १० कम्पनीहरूको नगद लाभांश बुझिलिन अनुरोध गरेको छ ।
नेप्सेले गौरिशंकर फाइनान्स, ज्वाइन्ट शेयर इन्भेष्टमेन्ट कम्पनी, लायन सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी, निखिल सेक्यूरिटिज, ओम सेक्यूरिटिज एण्ड अलाइड सर्भिस, शर्मा शेयर मार्केट, शिव शक्ति स्टक एण्ड ईन्भेष्टमेन्ट, युनाइटेड स्टक एण्ड सेक्यूरिटिज र यती सेक्यूरिटिजको पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।
यी कम्पनीहरुको आर्थिक वर्ष ०७२/७३ सम्मको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश केहि शेयरधनीहरूले बुझिलिन बाँकी भएकाले नेप्सेले एक महीनाभित्र बुझिलिन भनेको हो ।
सम्बन्धित शेयरधनीहरुले नगद लाभांशका लागि नेप्सेको यूएनआई शान्ति मार्ग काठमाडौंमा सम्पर्क राख्नु पर्नेछ ।