श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले गर्यो पुरानो लाभांश लिन आग्रह

काठमाडौं, १० असोज । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई कम्पनीसँग मर्जर भइ आएको (साविकको एभरेष्ट फाइनान्स) ले पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष भन्दा बढी अवधिका लाभांश शेयरधनीले बुझिलिन नआएकाले आफ्नो परिचयपत्र सहित लाभांश […]

सम्बन्धित सामग्री

नेप्सेले गर्‍यो दुई ओटा वित्त कम्पनीको शेयरमूल्य समायोजन

पुस २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको मूल्य समायोजन गरेको हो ।  यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४४१ दशमलव ९७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ४७६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ४५४ दशमलव ४५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९९ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते  गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

२ ओटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २१, काठमाडौं । दुई ओटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधवार)अन्तिम दिन रहेको छ ।  श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको हो । ती दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएसँगै पुस २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।  त्यसैगरी, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते  गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

२ ओटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

पुस २०, काठमाडौं । दुई ओटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।  श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस २१ गतेसम्म रहेको हो । ती दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गरेसँगै पुस २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।  त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते  गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले प्रस्ताव गर्‍यो ११ % लाभांश

मंसिर १५, काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको  प्रस्ताव  गरेको हो ।  प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले घोषणा गर्‍यो १०.५३ % लाभांश श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ११ करोड ३७ लाख नाफा कमायो श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको नाफा ९ करोड ३९ लाख श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको नाफा ४७ प्रतिशतले वृद्धि श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको नाफा ६५% वृद्धि