डिप्रोक्स लघुवित्तद्वारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश लिन अनुरोध गरेको हो ।  नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई वा विभिन्न आवमा कम्पनीको शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले कागजातको प्रतिलिपिसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् ।  पाँच वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तको ५ वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं, १३ भदौ । आफ्ना शेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आग्रह गरेको छ । संस्थाले पुरानो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो । संस्थाले शेयरधनीहरुलाई पुरानो लाभांश लिन नगद लाभांश आफ्नो शेयर प्रमाणपत्रका साथ सिद्धार्थ क्यापिटल, लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ । तोकिएको […]

डिप्रोक्स लघुवित्तद्वारा पुरानो लाभांश बुझिलिन अनुरोध

भदौ ११, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ ।  शुक्रवार सूचना जारी गर्दै कतिपय शेयरधनीले हालसम्म बुझिलिन बाँकी रहेको उक्त नगद लाभांश आफ्नो शेयर प्रमाणपत्रका साथ सिद्धार्थ क्यापिटल, लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न भनेको हो ।  साथै, ५ वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेसमेत कम्पनीले जानकारी दिएको छ ।