हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश  लिन अनुरोध

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको ५ वर्षभन्दा पहिला सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४/७५ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरूलाई उक्त लाभांश रकम लिन अनुरोध गरेको हो । हालसम्म पनि नगद लाभांश नलिएका शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, अख्तियारमार्ग काठमाडौंमा यथाशीघ्र सम्पर्क गरी लिन सक्नेछन् । यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त नगद लाभांश कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको उक्त बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीका सम्बन्धित शेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९  लाख ८६ हजार २२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  युनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६१२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसमेत) आजदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गरिदिएको हो । साथै साधारण सभाबाट पारित भएको ८ दशमलव ६३ प्रतिशत बोनस शेयरलाई सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिने जानकारी दिएको छ ।  साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ । साथै हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खालेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली यथाशीघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते आइतवार बुक क्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।  लाभांश पारितका लागि कम्पनीले माघ २५ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्कवेटमा ३० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्तिको बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

लाभांश पारितका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सले माघ २५ मा बोलायो साधारण सभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ ।  कम्पनीले माघ २५ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा तीसौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशलमव ६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालक (चार वर्षको लागि) र संस्थापक सञ्चालक (बाँकी अवधिको लागि)को पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

स्वाभिमान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवारसम्म रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने दिन बिहीवार हो । यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गरेसँगै भोलि अर्थात् चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई गत आवको मुनाफाबाट २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यो प्रस्ताव चैत २९ गते हुने साधारण सभामा पेश गर्नेछ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चैत १६ गतेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गर्नेछ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज पर्सा नेपालमा दिनको १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।