साउन ३२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले आव २०७२/ ७३ देखिको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले हालसम्म पनि नबुझेको भन्दै सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर प्रमाणपत्रका साथ शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क गर्न भनेको छ ।
साथै कम्पनीले आव २०७२/ ७३ को नगद लाभांश रकम हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै जम्मा भइरहेकाले हितग्राही खाता अद्यावधिक गराउन तथा भौतिक शेयर हुने शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न पनि भनेको छ । शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।