नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चले नेपालमा अर्ग्यानिक कृषिको सम्भावना तथा अवसरका विषयमा छलफल गरेको छ । परिसंघ मञ्चले जनता एग्रो एन्ड फरेस्ट्रीसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग नेपालमा अर्ग्यानिक कृषिको सम्भावना तथा फाइदा विषयमा छलफल गरेको हो ।