‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...

सम्बन्धित सामग्री

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आई

गल्ली म्यापलाई ‘सलिको एनवाईईएफ स्टार्टअप’ अवार्ड

काठमाडौं। ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) प्रिजेन्ट एनवाईईएफ स्टार्टअप अवार्ड’ गल्ली म्यापले प्राप्त गरेको छ । पाँच महीना अगाडिदेखि शुरू भएको छनोट प्रतिस्पर्धामा शुक्रवार भएको फाइनल कार्यक्रमबाट गल्लीलाई विजेता घोषित गरिएको हो । अवार्ड नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । प्रतिस्पर्धामा सात प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । विजेता निर्णायक र भोटको आधारमा छनोट गरिएको बताइएको छ । विजेता गल्लीले ४ लाख रुपैयाँसहित अवार्ड प्राप्त गरेको छ । त्यस्तै क्वीकफक्स र पेटमामा नेपाल संयुक्त रूपमा फस्ट रनरअप बन्दै २ लाख रुपैयाँ र अवार्ड प्राप्त गरेका छन् । पेटमामाले ५० हजार रुपैयाँको पब्लिक च्वाइस अवार्ड पनि प्राप्त गरेको छ ।  प्रतियोगितामा दूरशिक्षा एजुकेशनले ५० हजार रुपैयाँ राशीको सोसियल इन्टरप्राइजेज अवार्ड प्राप्त गरेको बताइएको छ । प्रतियोगितालाई सलिको, एनएमबि बैंक, एफएनसीसीआई, एपेक्स कलेज, एडेक्स, एनपीईए र विभिन्न उद्यमसम्बन्धी संस्थाले प्रायोजन र सहकार्य गरेका थिए ।

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार

एनवाईईएफ स्टार्टअफ अवार्डस्को फाइनल भोलि, सात स्टार्टअफबीच प्रतिष्पर्धा

काठमाडौं । एनवाईईएफ स्टार्टअफ अवार्डस्मा सात स्टार्टअफ उद्यमी फाइनलमा पुगेका छन् ।  नेपलिज योंग इन्टरपिनर्स फोरम (एनवाईईएफ)ले आयोजना गरेको अवार्डस् कार्यक्रमको फाइनलमा बिबाबो, भूमिथान, ब्लैंक्सर, दूर्शिक्ष्य, गली, पालतू मा र क्विकफाक्स पुगेका छन् ।  फाइनल शुक्रवार (भोलि) हुनेछ, जसको आयोजना एनवाईईएफको काठमाडौं शाखाले गर्नेछ ।

नेपाली युवा उद्यमी मञ्चले ‘महिला–युवा उद्यमी सम्मेलन– २०२२’ आयोजना गर्दै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन– २०२२ आयोजना गर्ने भएको छ ।

डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको हो ।यस्तै, अवार्ड कार्यक्रममा ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्शु टेक्नोलोजी’ तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ रुपैयाँ पाएको छ । दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्शु टेक्नोलोजीले ५० हजार रुपैय

डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

असोज ३, काठमाडौँ । ‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा डक्टर्स अन कल नेपाल प्रथम, अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार रुपैयाँ र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त कार्यक्रममा देशभरबाट १०० भन्दा बढी कम्पनी सहभागी भएका थिए ।

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ को विजेता बन्यो ‘डक्टर्स अन कल नेपाल’

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको छ ।‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअप कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने  अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उक्त अवार्डमा सहभागी हुन देशभरबाट १ सय बढी स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो अन्तिम ७ मा परेका थिए । स्टार्टअपलाई बजारसँग जोड्न अवार्ड कार्यक्रमलाई आगमी दिनमा पनि निरन्तरता दिईने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।

एफएनसीसीआई र एनवाईईएफ बीच उद्यमशीलता र स्टार्टअपको वृद्धि गर्ने सम्बन्धी सम्झौता

भदौ २, काठमाडौं । नेपाली युवा उद्यमशीलता र स्टार्टअपको वृद्धिका तथा उत्थानका लागि एक साथ काम र आपसी सहयोगका लागि सम्झौता भएको छ ।  नेपाल युवा उद्यमी फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिबीच मंगलवार सम्झौता भएको हो । सो समारोहमा महासंघका तर्फबाट प्रतिनिधि रन्जित आचार्य र मन्चका काठमाडौं च्याप्टर अध्यक्ष निरज कर्मचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय र गैर नाफामूलक संगठन हो । सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्षसहित स्थापित यो संस्था, नेपाली युवाहरुबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । मञ्चले देशभित्रका सबै युवा उद्यमीहरुलाई एउटै थलोमा ल्याउन सहयोग पुयाउँदै आएको छ । मञ्चले युवा उद्यमीहरुको प्रभावी र अत्यावश्यक  नेटवर्किंङ को माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिन्छ । काठमाडौंमा सफल सुरुवातपछि, मञ्चालाई नेपालको थप १० ओटा विभिन्न शहरहरुमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।