काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौंको साधारणसभाले प्रार्थना साख:को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार काठमाडौंमा सम्पन्न मञ्चको पाँचौं वार्षिक साधारणसभाले साख:को अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा अभिमन्यु गोल्छा, द्वितीय उपाध्यक्षमा अप्पा शेर्पा, सदस्यहरूमा अनुभव श्रेष्ठ, क्षितिज तामाङ, इच्छा मल्ल, निर्देश द्वा, निशित मित्तल, रसना श्रेष्ठ, सन्दीप शर्मा, सुरक्षा अधिकारी र सन्तोष पाण्डे छन् । मञ्चले युवा महिलाका स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आएको बताइएको छ ।