नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग प्रमुख हुन्, लक्ष्मी माली । नेपालमा रहेका सबै मातृभाषाका साहित्य, लोक साहित्य, लोकगीत, मिथक, लोककथाहरूलाई सङ्कलन गर्ने र त्यससम्बन्धी अनुसन्धानका काम यस विभागभित्र पर्छन् ।प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक थलोमा रही मातृभाषालाई जोगाउने काममा लागिपरेकी लक्ष्मी मालीले नेवारी समुदायले मनाउने बडा दसैँबारे रातोपाटीसँग विविध जानकारी साझा गरेकी छन् । हिन्दु, बौद्ध दुवैले दसैँ मनाउने दसैँमा दुर्गाको पूजा गरिने हुनाले हिन्दुहरूको महान् चाड भनिन