प्रदेश १ का १० अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट छुट्याइएकामा धनकुटा, खोटाङ र सोलुखुम्बुले प्रक्रिया नै अघि बढाउन सकेनन् । कोसी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जडान गर्न ६ करोड ८० लाख बजेटका लागि अर्थ मन्त्रालयले जेठ २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । जसमध्ये ८० लाख लागतमा अक्सिजन ट्यांक खरिदका लागि दुईपटक अस्पतालले ठेक्का आह्वान गर्यो तर आवेदन नपरेको भन्दै खरिद प्रक्रिया रोकिएको छ ।