१७३ स्टार्टअपलाई योजनामा समेट्न सातदिने म्याद

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गरिएकामध्ये इमेल ठेगानामा प्राप्त भएका परियोजनाका लागि उद्योग विभागले मौका दिने भएको छ । यस्तो उद्यम कर्जाका लागि आवेदन दिन भनिएको अवधिभित्रै इमेलमा प्रस्तावहरू प्राप्त भएका तर, प्राविधिक कारणले कागजात डाउनलोड हुन नसकेका १७३ ओटा कम्पनीलाई सात दिनभित्र विभागमा उपस्थित हुन समय दिइएको हो । २०७९ चैत १६ गतेदेखि वैशाख ६ गतेसम्म इमेल ठेगानामा प्राप्त भएका परियोजनालाई एकपटकका लागि मात्रै अवसर दिइएको विभागले जानकारी दिएको छ । विभागले वैशाख ६ गतेभित्र इमेलमा परियोजना प्रस्ताव पठाएका कम्पनीलाई इमेलको स्क्रिन सर्टसमेत गरी सम्पूर्ण कागजातसहित असार ५ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ । विभागले इमेलमा प्राप्त भएका परियोजनाका निवेदन तथा स्टार्टअप परियोजनालाई प्रक्रियामै राखेको भन्दै उक्त संख्याका उद्योगलाई सम्पर्कमा आउन आग्रह गरेको हो । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह गरिएको सो अवधिमा कुल ३८२ ओटा परियोजना प्रस्ताव भएका थिए । इमेलमा प्राप्त भएका उल्लिखित संख्याका स्टार्टअपलाई उक्त म्याद दिइएको हो । विभागले यसबीचमा मूल्यांकन गर्दा अधिकांश कम्पनी छनोटमै पर्न सकेका थिएनन् । ती कम्पनीले भने यो अवसर पाउनेछैनन् । यस्तो कर्जाका लागि उद्योग विभागमा ३८२ ओटा परियोजना प्रस्ताव भएकोमा प्रारम्भिक रुजु गर्दा २१३ ओटा कम्पनीका परियोजना छनोटमा पर्न सकेका थिएनन् । स्टार्टअप उद्यमको वातावरण बनाउन र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन विभागले गत चैत १६ गते परियोजना प्रस्ताव गर्न आह्वान गरेको थियो । सरकारले ‘स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि–२०७९’ अनुसार छनोट भएका स्टार्टअपलाई कर्जा उपलब्ध गराउनेछ । विभागले विभिन्न क्षेत्रका स्टार्टअप उद्यमका लागि यस्तो कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ । कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावार), पर्यटनप्रवर्द्धन तथा मनोरञ्जन, अतिथि सेवा, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि र मानव स्वास्थ्य सेवा क्षेत्रका स्टार्टअप उद्यमका लागि कर्जा उपलब्ध गराइनेछ । यस्तै, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन तथा सेवा प्रवाहको प्रक्रियामा सुधार, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित व्यवसायले पनि कर्जा पाउँछन् । कार्यविधिले परियोजना धितो राखेर अधिकतम २५ लाख रुपैयाँ कर्जा दिने व्यवस्था गरेको छ । बढीमा १०० जनालाई यो कर्जा दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

म्याद थप्दा पनि सिटी हल बनेन

भरतपुर, २६ भदौ । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ । काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन […]

गठबन्धन सरकारको सांसद पोस्ने हर्कत

अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने घोषणा भइसकेको अवस्था छ । यस्तो अवस्थामा भदौ १७ गते फास्ट ट्राकमार्फत् सांसदको म्याद थप गर्नै विधेयक अघि बढाइएको भन्ने सुनिन्छ । यस आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको कामै नभए पनि आयु लम्ब्याएर तलबभत्ता तथा सुविधा सांसदलाई ख्वाइरहने योजनामा गठबन्धन सरकार लागेको प्रस्टै देखिन्छ । केही दिनअघि […] The post गठबन्धन सरकारको सांसद पोस्ने हर्कत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भदौ २१। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था […]

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था परामर्श […]

बाँकेमा पुल निर्माण : काममा ढिलासुस्ती गर्दै म्याद थप्दै

बाँकेमा लुम्बिनी प्रदेश सरकारको पुल निर्माण योजनामा निर्माण व्यवसायी कम्पनीले ढिलासुस्ती गरेको छ । प्रदेश सरकारद्वारा बाँकेमा निर्माणाधीन तीनवटा ठूला पुल निर्माण समयावधि सकिएको छ । तर, निर्माण कार्य ५० प्रतिशत पनि सम्पन्न भएको छैन । दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको बजेटमा खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा–४ चल्तुवास्थित …

पाँच महिना अगावै जरेखोला मोटरेबल पुल सम्पन्न

नेपालका धेरैजसो पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न भएका खबर कमै मात्रामा सुन्न पाइन्छ । अझै तोकिएको म्याद गुजारेका विकास निर्माणका योजनाहरू त अनगिन्ति छन् ।कतिपय योजनामा निर्माण व्यवसायीको चरम लापरबाही त कतिपयमा स्थानीयको अवरोधलगायतका कारणले वर्षैपिच्छे म्याद थप गर्नुपर्ने बाध्यता पनि छन् । पर्वतमै सञ्चालित कतिपय विकास निर्माणका योजना लामो समयदेखि अलपत्र परिरहेका उदाहरण थुप्रै […]

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप

एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ । बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने योजना ल्याएको थियो ।  यो बीचमा ग्राहकले देखाएको उत्साहलाई सम्मान गर्दै योजनालाई साउन मसान्तसम्म विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म

एनआईसी एसिया बैैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको म्याद थप

एनआईसी एशिया बैंकले १२ असारदेखि आसार मसान्तसम्मको लागि ल्याएको निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ आउन मसान्तसम्म निरन्तरता दिने भएको छ ।यस योजनामा देश तथा विदेशमा बसेका नेपाली तथा विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई थप एक महिनाका लागि निरन्तरता दिने निर्णय […]

डिम्याट खाता नवीकरणको म्याद थप

एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्तामाझ विभिन्न आकर्षक योजना लागू गरिसकेको छ ।नयाँ वर्ष २०७९ देखि १७ असारसम्म ७९ दिन लागू गरेको सो योजनामा ग्राहहको उत्साहजन सहभागीता रहेको कम्पनीको दावी छ । ग्राहकको सुविधाका लागि कम्पनीलेदुई हजार रुपैयाँमा आजीवन डिम्याट र मेरोसेयर नवीकरण गर्ने योजनाको भने म्याद थप गरी ३२ असारसम्मलाई […]

सामाजिक सुरक्षा योजनामा सूचिकरणको म्याद थप

एक महिना भित्र सबै प्रतिष्ठान (रोजगारदाता) र श्रमिकलाई सामाजिक सुरक्षा योजनामा ल्याउने जनाउदै सरकारले सूचिकरणको समयावधी एक महिना बढाएको छ । सामाजिक सुरक्षा कोषले सूचिकरणको लागि पहिलो पटक थप गरेको म्याद असोजमा सकिएपछि दोस्रो पटक पुनः थप गरेर कार्तिक १२ गतेसम्म तोकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोर्कण बिष्टले रोजगारदाता, श्रमिक र आम नागरिकले योजना प्रति जिज्ञास र चासो व्याक्त गरेपछि सूचिकरणको म्याद थप गरिएको प्रष्ट पारे । “कार्तिक १२ गतेसम्म सबै श्रमिक र रोजगारदाता योजनामा सामेल हुनुहुन्छ भन्ने विश्वास लिएको छु ।”