म्याद थप्दा पनि सिटी हल बनेन

भरतपुर, २६ भदौ । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ । काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन […]

सम्बन्धित सामग्री

सिटी हल बन्यो, सञ्चालनमा अन्योल

पटक–पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न सरकारले समयमै आवश्यक कानुन नबनाउँदा अन्यौलता देखिएको हो।

सिटी हल चलाउन दुई सझाव

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको सिटी हल सञ्चालनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निजी क्षेत्र, नगरपालिका कार्यालयले आफैं सञ्चालन गर्ने वा नगरपालिका र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सकिने विकल्प समावेश गरिएको छ । पाँच वर्षअघि निर्माण सकिएको उक्त सिटी हल सञ्चालनका लागि असारमा भीमदत्तले कलकबहादुर सिंहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन […]

राजधानीको राष्ट्रिय सभागृह मोडलमा ‘धनगढी सिटी हल’ (तस्बिरहरुसहित)

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा निर्माणाधीन सिटी हल चैतको अन्तिमसम्म तयार हुने भएको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण अन्तिम चरणमा पुगेको हो। संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको कार्य सम्पन्नपछि धनगढी उपमहानगरपालिकाको मातहतमा आउने छ। धनगढी सिटी हलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको इन्जिनियर प्रमोद […]

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]

गल्याङमा तीनसय क्षमताको सिटी हल निर्माण

गल्याङ नगरपालिकामा २८८ जना अट्ने क्षमताको सिटी हल निर्माण भएको छ । गल्याङबजार नजिकै गल्याङ नगरपालिका ३ मा शहरी विकास संघीय आयोजना कास्कीले सिटी हल निर्माण गरेको हो ।

धनगढी सिटी हल तयार हुँदै

नेपाल सरकारको साढे २८ करोडको लागतमा धनगढीमा अत्याधुनिक सुविधासहितको सिटी हल तयार हुन लागेको भएको छ ।निर्माण कार्य सम्पन्न भई फिनिसिङ कार्य भइरहेको हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा डेढ विघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानी गरेर सिटी हल बनाइएको छ । राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सिटी हलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार […]

स्याङ्जाको गल्याङमा तीन सय क्षमताको सिटी हल निर्माण

स्याङ्जा, कात्तिक ३० । स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना अट्ने क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका– ३ गल्याङबजार नजिकै सिटी हल निर्माण भएको हो । सीटी हल ३ करोड ६६ लाख ३५ हजार रुपैयाँमा निर्माण भएको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकाले पूर्वाधार निर्माणमा विभिन्न समस्याहरु झेल्नु परेको […]

३ करोड ६६ लाख लागतमा स्याङ्जामा सिटी हल निर्माण

स्याङ्जा (अस) । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं ३ को गल्याङ बजार नजिक ३ करोड ६६ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो । २०७३ सालमा घोषित गल्याङ नगरपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको चरणमा छन् । शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भूपराज अधिकारीलाई सिटी हल भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समय घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्,’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिएका छौं ।’ गल्याङमा सभासमारोह, तालीम, गोष्ठी लगायत कार्य ठूलो उपस्थितिमा गर्न भवनको अभाव भएकाले नगरपालिकाको पहलमा सिटी हल निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । विभिन्न सामुदायिक भवनहरू भए पनि ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो । निर्माण व्यवसायी एवं रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।

तीन करोड ६६ लाखको लागतमा स्याङ्जामा सिटी हल निर्माण

कात्तिक २७, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङ बजार नजिकै कुल रू. तीन करोड ६६ लाख ३५ हजार ३४३ को लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो ।  गल्याङ २०७३ सालमा मात्रै घोषित भएको नगरपालिका भएकाले आवश्यक भौतिक पूर्वाधारहरु निर्माणको चरणमा रहेको छ । शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख ईञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधारहरु थिएनन्’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयहरुसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारहरुको निर्माणमा जोड दिईरहेका छौं ।’ गल्याङ आसपासमा धेरै जना अट्ने खालको भवनहरु नभएकाले कार्यक्रमहरु, सभा समारोह, तालीम, गोष्ठीहरु लगायतका अन्य कार्यहरु ठूलो संख्यामा गर्नका लागि भवनको अभाव भएकाले नगरपालिकाको पहलमा निर्माण सम्पन्न गरिएको नगर प्रमुख अधिकारीले बताए ।  विभिन्न समुदायका समाज घरहरु भएपनि त्यहाँ यतिको ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँहरुमा कार्यक्रमहरु गर्नुपर्ने समस्याको अन्त्य भएको छ । चर्को घामपानीका कारण कार्यक्रमहरु गर्दा गर्दै स्थगित गर्नुपर्ने अवस्था अब रहने छैन ।  निर्माण ब्यवसायी एवम् रबिना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।