एक महिना भित्र सबै प्रतिष्ठान (रोजगारदाता) र श्रमिकलाई सामाजिक सुरक्षा योजनामा ल्याउने जनाउदै सरकारले सूचिकरणको समयावधी एक महिना बढाएको छ ।
सामाजिक सुरक्षा कोषले सूचिकरणको लागि पहिलो पटक थप गरेको म्याद असोजमा सकिएपछि दोस्रो पटक पुनः थप गरेर कार्तिक १२ गतेसम्म तोकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोर्कण बिष्टले रोजगारदाता, श्रमिक र आम नागरिकले योजना प्रति जिज्ञास र चासो व्याक्त गरेपछि सूचिकरणको म्याद थप गरिएको प्रष्ट पारे । “कार्तिक १२ गतेसम्म सबै श्रमिक र रोजगारदाता योजनामा सामेल हुनुहुन्छ भन्ने विश्वास लिएको छु ।”