प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ,५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने […]

सम्बन्धित सामग्री

महासंघको महाधिवेशन पहिलोपटक उपत्यकाबाहिर हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पर्सा : नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन पहिलोपटक काठमाडौं उपत्यकाबाहिर हुन लागेको छ।यही फागुन २६ र २७ गते वीरगन्जमा हुने दुवै संस्थाको संयुक्त महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने दुवै संस्थाका पदाधिकारीहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरी बताएका हुन्। संयुक्त रूपमा एकै ठाउँमा हुने महाधिवेशनमा मुलुकभरबाट ६ सय ७८ जना उद्योगी व्यवसायी जम्मा हुने नेपाल घरेलु तथा साना उद्योग

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी छन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।  महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए ।

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गरेका हुन् । समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी हुँदैछन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।  महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए ।    हेर्नुहोस्, लाइभ :

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजव

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]

तस्वीर– एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रम शुरु

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुग्नुभएको छ । त्यसै गरी एमालेका अरु शीर्ष नेता र बिभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन स्थलमा पुगेका छन् । […]

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :