नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा तयारीका कामले तीव्रता पाएको छ ।
महाधिवेशन उद्घाटन समारोहका लागि भृकुटीमण्डपमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ ।
कांग्रेस नेता समेत रहेका राज्यमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका) उमेश श्रेष्ठले भृकुटीमण्डप पुगेर मञ्च निर्माणको काम अवलोकन गरेका छन् ।
पर्सि आयोजना हुने उद्घाटन समारोहका लागि भोलिसम्ममा मञ्च तयार गरिसक्ने कांग्रेसको लक्ष्य छ ।
हेर्नुहोस्, तस्वीरहरू :