माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गरेका हुन् । समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी हुँदैछन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।  महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए ।    हेर्नुहोस्, लाइभ :

सम्बन्धित सामग्री

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्रको तेस्रो दिनको बैठक सुरु

काठमाडौं, १४ पुष । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको आज तेस्रो दिनको बैठक सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरुबीच विभिन्न समूहमा भएको छलफल आज सकिँदैछ। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बन्दसत्रको तेस्रो दिनको बैठक सुरु भएको जनाएका छन् ।

माओवादी केन्द्रको महाधिवेशन लम्बिने

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ । ‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न […]

तस्वीरमा हेर्नुहोस् माओवादी केन्द्रको महाधिवेशन

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी थिए । उद्घाटन समारोहमा माओवादीले धेरै गीत र नृत्यहरु पनि प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा सहभागी धेरै भएपछि प्रज्ञा भवनको डबलीमा पनि […]

माओवादी केन्द्रको महाधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज हुँदैछ । महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गर्न लागिएको हो । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका संशोधन भएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको कार्यतालिका संशोधन गरेको हो । स्थायी कमिटी बैठकले महाधिवेशन आउँदो पुस ११–१३ गतेसम्म हुने गरी तल्ला तहहरुको अधिवेशन कार्यतालिका हेर्फेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार अब पार्टी […]

नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ । आज (सोमबार) पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने […] The post नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.