एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रम शुरु

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुग्नुभएको छ । त्यसै गरी एमालेका अरु शीर्ष नेता र बिभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन स्थलमा पुगेका छन् । […]

सम्बन्धित सामग्री

कसकाे गलामा सजिएला यी माला र खादा? (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सकिएर गणनाको प्रक्रिया सुरु हुँदा फुलमाला तथा खादा व्यापारीहरु तयारी अवस्थामा बसेका छन् । महाधिवेशन स्थल बाहिर व्यापारीहरुले फुलमाला तथा खादाको व्यापारका लागि बसेका छन् । उनीहरुले सयपत्रीसहितका फूलका माला तथा विभिन्न रंगका खादा बेच्न राखेका हुन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा […]

एमाले महाधिवेशनः बन्दसत्रमा ओली र रावलबीच भनाभन

चितवन– नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत शनिबार दिउँसोबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ। बन्दसत्रले पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयप्रति उपाध्यक्ष रावलले  आपत्ति जनाएपछि ओली र रावलबीच भनाभन भएको हो। पदाधिकारी तथा केन्द्रीय सदस्यको […]

एमालेको १० औं महाधिवेशन, यस्तो छ रौनक (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको १० औ महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटनस्थलमा चहलपहल बढेको छ । चितवनका बिभिन्न स्थानबाट जुलुस निस्किएका छन् । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा नेता कार्यकर्ता पुग्ने क्रम शुरु भइसकेको छ । एमालेले महाधिवेशन उद्घाटन कार्यक्रममा बिभिन्न जिल्लाबाट ५ लाख कार्यकर्ता उपस्थित हुने दाबी गरेको छ । एमालेको […]

एमालेको १० औं महाधिवेशन : पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै पदाधिकारीका लागि आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय हुन थालेका छन् । सोही क्रममा गण्डकी प्रदेशबाट केन्द्रीय पदाधिकारीका लागि मुख्यतया चार आकांक्षी देखिएका छन् । यद्यपि चारै जनाले उम्मेदवारी घोषणाका लागि भने आनाकानी गर्दै आएका छन् ।गण्डकीबाट केन्द्रीय पदाधिकारीमा दाबी गर्नेहरूमा पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, किरण गुरुङ र पद्मा अर्याल छन् । पृथ्वी सुब्बा गुरुङले महासचिव र किरण गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसैग

एमाले महाधिवेशनः पाल्पाबाट चुनिए यी प्रतिनिधि

नेकपा एमालेले पाल्पा जिल्लाबाट १५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १०–१२ चितवनमा हुँदैछ। नामावली हेर्नुहोस्

दशौँँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले …

एमाले १० औं महाधिवेशन : उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने तयारी

एमालेको १० औं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेलगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए  ।पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने तयारी रहेको जानकारी दिए ।  प्रचण्डको गृह जिल्

एमाले १० औँ महाधिवेशन चितवनमा

काठमाण्डाै – नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो । तर आजको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी... The post एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक appeared first on Purbeli News.

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन