एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :  

सम्बन्धित सामग्री

ओलीलाई 'जेलमेट' भन्दै देउवाले भने: 'देश र जनताका मुद्दामा सहकार्य आवश्यक छ'

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरू बीच एकता र सहकार्यमा जोड दिएका छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनमा सम्बोधन गर्दै देउवाले देश र जनताका मुद्दामा संवाद र सहकार्यको आवश्यकता औंल्याएका हुन् । देउवाले आफू र ओली जेल बस्दा देखिको साथी 'जेलमेट' भएको स्मरण गरे । 'हामी जेलमा पनि सँगै बसेका हौं,' उनले भने । एमाले महाधिवेशन उद्घाटन समारोह चितवनस्थित नारायणी नदी किनारमा जारी छ । पार्टीको बन्द सत्र भोलिदेखि सौराहामा हुनेछ ।

रिमोटबाट झण्डोत्ताेलन गरी एमाले महाधिवेशन उद्घाटन

काठमाण्डाै – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । चितवन नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभयो । झण्डोत्ताेलनपछि एमाले अध्यक्ष ओलीले एकसिङ्गे गैँडाको मस्कटको अवलोकन गर्नुभएको छ । उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता/कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निस्किएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर द...

एमाले महाधिवेशन उद्घाटन समारोह (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमाले महाधिवेशन उद्घाटन समारोह (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमाले महाधिवेशन : यस्तो छ चितवनको चहलपहल

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस […]

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआइजी फिल्डमा

चितवन : नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ।महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ । महाधिवेशनअन्तर्गत १४ […] The post एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम

एमाले महाधिवेशन : चितवनका यी सडकमा चल्ने छैनन् सवारी

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको […]