लामाको नेतृत्वमा महासंघ टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ । एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए । […] The post लामाको नेतृत्वमा महासंघ टोली मलेसिया जाने first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

‘मलेसिया र खाडीका देशमा काम गरेर फर्किएका श्रमिकमा मिर्गौलाको समस्या धेरै’

धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक ...

मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो । […]

मिर्गौला रोग बोकेर वैदेशिक रोजगारीबाट फर्कंदै

मलेसिया र खाडी देशमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा मिर्गौला रोगसम्बन्धी जोखिम रहेको एक अध्ययनले देखाएको छ । बेलायतको बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७ सय १८ जना र स्थानीय ७ सय २० जनाबीच गरिएको तुलनात्मक अध्ययनमा यस्तो जोखिम औंल्याइएको हो ।

मलेसियाका लागि नेपाली राजदूतसँग कामदारले भोग्नुपरेका समस्या समाधानबारे छलफल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा पदाधिकारीहरु मलेसियामा रहेको समयमा शुक्रबार नेपाली राजदूत पौडेलसँग भेटघाट गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्धिपक्षीय सुदृढ गर्ने, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका समस्याहरुलाई सहज बनाउन, वैदेशिक […]

गल्फ एसिया म्यानपावरमा छापा

काठमाडौं, जेठ २७ । वैदेशिक रोजगार विभागले गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेर कागजत नियन्त्रणमा लिएको छ । काठमाडौँ गौशालाको सो म्यानपावर कम्पनीले रोजगारीका लागि मलेसिया जाने व्यक्तिबाट मनपरी पैसा असुुल गरेको उजुरीका आधारमा विभागको टोलीले आकास्मिक अनुुगमन गरेको थियो । विभागका निर्देशक डम्बरबहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार राति म्यानपावर कम्पनीमा छापा मारेर कागजात […]

श्रम मन्त्रीको पाँच दिने मलेसिया भ्रमण सकियो, यस्ता भए निर्णय :

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित प्रतिनिधिमण्डलको पाँच दिने मलेसिया भ्रमण सकिएको छ । गएको बैशाख १४ देखि जारी पाँचदिने मलेसिया भ्रमणमा आज सम्पन्न भएको हो ।  श्रम मन्त्रीको नेतृत्वमा रहेको टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल सम्मिलित हुनुहुन्थ्यो । टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन, गृह मन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँकाे सामाजिक सुरक्षा संगठनका महासचिवसँग द्विपक्षीय बैठक गरेको छ । बैठकमा...

मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन सरकारले मलेसियासँग प्रस्ताव राखेको छ । नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्यमध्ये मलेसिया एक हो । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिवार त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय उच्चस्तरीय भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवासुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल गरेका थिए । सेवासुविधा बढाउने विषयमा मलेसिया सरकार सकारात्मक देखिएको श्रममन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्डसका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताएका थिए । भेटवार्तामा नेपाली युवालाई शीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबीसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालीमको व्यवस्था गरी शीपयुक्त बनाउनेबारे समेत उनीहरूबीच छलफल भएको थियो । नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालीम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गाडर््सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकाले समयानुकूल तालीम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्नेमा नेपालले जोड दिएको भेटवार्तामा सहभागी श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । उनका अनुसार छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी गर्ने तयारी छ । भेटवार्तामा मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोतीबहादुर श्रीश पनि सहभागी थिए । यसअघि श्रममन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सरावननसँग भेट गरेका थिए । उनीसहित मलेसियाली प्रतिनिधि मण्डलसँगको बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल–मलेसिया संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिक जान पाएका थिएनन् । फागुनदेखि त्यहाँको सरकारले विदेशी कामदार लिन शुरू गरेको छ । सोहीअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुचारु भएको छ ।

साढे ५ अर्ब ठगी मुद्दामा कमजोर अनुसन्धान - Naya Patrika

मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार ग-यो । वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई समाप्त पार्न भन्दै डिआइजी धिरु बस्नेतको नेतृत्वमा ‘ओभरसिज फ्रड अपरेसन’ नै गठन...पूरा पढ्नुहोस् »

तेस्रो अन्तराष्ट्रिय रामायण महोत्सवमा नेपालको प्रस्तुति

भारतमो भएको तेस्रो अन्तराष्ट्रिय रामायण महोत्सवमा नेपालले सहभागीता जनाएको छ। भारतीय सांस्कृतिक सम्बंध परिषद्को निमन्त्रणमा भदौ २७ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यहरु प्राज्ञ परिषद् सदस्य माधव कुमार प्रधानको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै नयाँ दिल्ली पुगेका थिए। कार्यक्रममा नेपाल लगायत भारत, इन्डोनेसिया, मलेसिया, मौरसिस र श्रीलंकाका नाट्य संस्थाहरुको सहभागिता रहेको थियो। २८ गते…