काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित प्रतिनिधिमण्डलको पाँच दिने मलेसिया भ्रमण सकिएको छ । गएको बैशाख १४ देखि जारी पाँचदिने मलेसिया भ्रमणमा आज सम्पन्न भएको हो ।
श्रम मन्त्रीको नेतृत्वमा रहेको टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल सम्मिलित हुनुहुन्थ्यो । टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन, गृह मन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँकाे सामाजिक सुरक्षा संगठनका महासचिवसँग द्विपक्षीय बैठक गरेको छ । बैठकमा...