महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्