कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं : यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेहरुले दोस्रो मात्राको लागि एउटै प्रकृतिको अस्ट्राजेनेका खोप पाउने भएका छन्। कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स खोप उपलब्ध गराउन असमर्थ भएपछि तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएकोले यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निर्देशक डा…

सम्बन्धित सामग्री

माल्दिभ्सले दियो नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप

काठमाडौं : माल्दिभ्सले नेपाललाई २ लाखभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सले नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप उपलब्ध गराएको हो। सरकारले यो वर्षको अन्त्यसम्म सबै लक्षित समूहलाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य लिएको छ।

बेलायतबाट १ लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप आउँदै

काठमाडौं :  बेलायतले कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको १ लाख ३१ हजार मात्रा दिने भएको छ। बेलायतले नेपाललाई दिने अस्ट्राजेनेका खोप आज (बिहीबार) बेलुकीसम्म काठमाडौं आइपुग्ने बताइएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार  बेलायतले  १ लाख ३१ जहार २ सय डोज अस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।'खोप आजै आउने जानकारी पाएका छौं, त्यहीअनुसार हामीले खोप व्यवस्थापनको तयारी गर्दै छौं,' उनले भने।अहिलेसम्म भारतले ११ लाख मात

जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप

जापानले दिने भनेको १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । विभिन्न चरणमा खोप ल्याइएको हो ।  जापानले कोभ्यासअन्तर्गत नेपाललाई कोरोनाविरुद्धको खोप दिएको हो ।  महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ ।

अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।...

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो ।जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् ।सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लग

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् । सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए । ‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने । आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए ।

जापानबाट आइपुग्यो ५ लाख ४८ हजार कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप

काठमाडौं। कोभ्यासमार्फत जापानले नेपालको लागि उपलब्ध गराएको कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप ५ लाख ४८ हजार खोप आज काठमाडौं आइपुगेको छ। थप २ लाख ५२ हजार खोप भोलि काठमाडौं आइपुग्ने बताइएको छ। शनिबार आएको खोप जापानी राजदूत किकुता यातुकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। जापानले कोभ्यासमार्फत नेपाललाई १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ।

पैंचोमा भुटानबाट ल्याइएको खोप नेपाल आइपुग्यो

भुटानबाट आएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो ।

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिन