जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त

काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप सोमबार काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको हो । काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरेका थिए । […]

सम्बन्धित सामग्री

माल्दिभ्सले दियो नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप

काठमाडौं : माल्दिभ्सले नेपाललाई २ लाखभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सले नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप उपलब्ध गराएको हो। सरकारले यो वर्षको अन्त्यसम्म सबै लक्षित समूहलाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य लिएको छ।

कोरोनाको खोप निजी मेडिकलमा भेटिएकोमा विभागले अनुसन्धान गर्ने

जनकपुरधाम : कोरोना विरुद्धको खोप धनुषामा निजी मेडिकल पसलबाट बिक्री गरिएको सम्बन्धमा औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ।धनुषाको सहिदनगर नगरपालिकाको एउटा निजी मेडिकल पसलमा बिहीबार अनुगमनका क्रममा कोरोना विरुद्धका ६ भाइल खोप फेला परेको थियो।सरकारले सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराएको ४ भाइल भेरोसेल, १ भाइल जोन्सन एन्ड जोन्सन र १ भाइल अस्ट्राजेनेका खोप सहिदनगर नगरपालिका–३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा फेला परेको थियो।खोप फेला परे

बेलायतबाट नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप प्राप्त

बेलायत सरकारले नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोना विरुद्धको खोप हस्तान्तरण गरिन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘बेलायत सरकारको सौजन्यमा १३०,००० मात्रा अस्ट्राजेनेका खोप प्राप्त भएको छ । सहयोगका लागि महामहिम राजदूत निकोला पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ जापानबाट प्राप्त खोप १२ कक्षाका परीक्षार्थीलाई दुवै मात्रा दिइने राज्यमन्त्री श्रेष्ठले जनाएक...

जापानबाट थप खोप आइपुग्यो

काठमाडौँ । नेपालमा थप कोरोनाभाइरसविरुद्धको खोप आइपुगेको छ । कोभ्याक्समार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो ।

जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप

काठमाडौँ, ७ भदौ। जापानले सरकारले कोभ्यासअन्तर्गत दिने १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । उक्त खोप विभिन्न चरणमा खोप ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो। महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ । उक्त खोप […]

जापानबाट आइपुग्यो ५ लाख ४८ हजार कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप

काठमाडौं। कोभ्यासमार्फत जापानले नेपालको लागि उपलब्ध गराएको कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप ५ लाख ४८ हजार खोप आज काठमाडौं आइपुगेको छ। थप २ लाख ५२ हजार खोप भोलि काठमाडौं आइपुग्ने बताइएको छ। शनिबार आएको खोप जापानी राजदूत किकुता यातुकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। जापानले कोभ्यासमार्फत नेपाललाई १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ।

पैंचोमा भुटानबाट ल्याइएको खोप नेपाल आइपुग्यो

भुटानबाट आएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो ।