डडेल्धुरा : इंग्ल्यान्ड युएईमा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति सुपर–१२ अन्तर्गत शारजाहमा भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।उसका लागि वानिन्दु हसरंगाले ३४, भानुका राजपाक्षे र कप्तान दासुन शनाकाले २६/२६, चरित असलान्काले २१, अविष्का फर्नान्डोले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो