श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

काठमाडाैँ – अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा आयोजक अस्ट्रेलिया भने समूहचरणबाटै बाहिरिएको छ। शीर्ष १२ अन्तर्गत समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाले समान ७ अंक बनाएपनि नेट रनरेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो स्थानमा रह्यो। साविक […]

सम्बन्धित सामग्री

बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो  सुपर १२...