बलिउड अभिनेता वरुण धवन र नताशा वैवाहिक बन्धनमा

बलिउड अभिनेता वरुण धवनले विवाह गरेका छन् । आइतबार उनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । उनीहरूले पञ्जावी शैलीमा विवाह गरेका छन्

सम्बन्धित सामग्री

पहिलो सन्तानलाई स्वागत गर्दै वरुण र नताशा

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र पत्नी नताशा दलालले पहिलो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । इन्स्टाग्राममा ‘प्रेगनेन्सी अनाउन्समेन्ट’बारेको एक रोमान्टिक तस्वीर सेयर गर्दै उनीहरुले अभिभावक बन्न लागेको उल्लेख गरेका छन् । फोटोमा नताशालाई सेतो पहिरनमा बेबी बम्पसहित देख्न सकिन्छ । वरुणले घुँडाले भुईंमा टेक्दै गर्भवती नताशाको बेबी बम्पमा चुम्बन गरेका छन् । […]

वरुण धवन र कृति सेननको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् । जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति […]

वरुण र कियाराको ‘जुगजुग जियो’ले तीन दिनमा कमायो ३६.९३ करोड

काठमाडौं । वरुण धवन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘जुगजुग जियो’ले भारतीय बक्स अफिसमा सन्तोषजनक सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले जबर्जस्त ओपनिङ नगरे पनि कमाइको गति विस्तारै बढाउँदै लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८५ करोड भारुको लगानीमा बनेको फिल्मले तीन दिनमा ३६.९३ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले […]

कियारालाई बाइकमा राखेर घुमाउँदै वरुण धवन

एजेन्सी, ५ असार । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता वरुण धवन यतिबेला जुग जुग जियोको प्रमोशनमा व्यस्त छन् । यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा वरुण धवन फिल्मको प्रमोशनका क्रममा बाइकमा हिँडिरहेको देखिएको छ । यस भिडियोमा वरुण बाइक चलाउँदै गरेको देखिन्छ । जबकि कियारा उनको पछाडि बसेकी छिन्। बाउन्सरहरू सडकमा […]

वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित ‘भेडिया’को सकियो छायांकन

एजेन्सी। बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन स्टाटर सिनेमा ‘भेडिया’को छायांकन पुरा भएको छ। अभिनेता धवनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। फिल्मबाट एक तस्बिर राख्दै उनले सिनेमाको छायांकन सकिएको र कृतिसँग काम गर्दा आफू हर्षित भएको बताए। उक्त सिनेमा १४ अप्रिल २०२२ मा प्रदर्शन हुनेछ।

वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

बलिउड अभिनेता वरुण धवन र फेसन डिजाइनर नताशा दलाल आईतबार वैवाहिक जीवनमा बाँधिएका छन्।

को हुन् नताशा दलाल जोसँग विवाह गर्दैछन् वरुण धवन ?

वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् । नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो

बलिउड अभिनेता वरुण धवन र नताशा दालालको विवाह यही महिना हुँदै

बलिउड अभिनेता वरुण धवनको विवाह हुँदैछ। धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबिच विवाह समारोह हुँदैछ। तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना…

नताशा दलालसँगको प्रेममा वरुण धवन

साउन २३ – बलिउड अभिनेता वरुण धवन र नताशा दलालबिचमा नजिकको सम्बन्ध रहेको छ । अहिले वरुण र नताशा सबैजसो कार्यक्रममा सँगै देखिन्छन् । नायिका...