वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित ‘भेडिया’को सकियो छायांकन

एजेन्सी। बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन स्टाटर सिनेमा ‘भेडिया’को छायांकन पुरा भएको छ। अभिनेता धवनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। फिल्मबाट एक तस्बिर राख्दै उनले सिनेमाको छायांकन सकिएको र कृतिसँग काम गर्दा आफू हर्षित भएको बताए। उक्त सिनेमा १४ अप्रिल २०२२ मा प्रदर्शन हुनेछ।