कञ्चनपुर - मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएकाे साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्।
आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका...